प्रभु बैंकले भानुभक्त मावि सिन्धुलीलाई कम्प्युटर उपलब्ध गरायो

news-details

प्रभु बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।

भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेकपाका नेताद्वय शशि श्रेष्ठ र लीलामणि पोखरेलको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रभु बैंकद्धारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आफ्नो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *