सुनचाँदीको क्षेत्रमा काम गर्न ‘शुभगुरु फाउण्डेशन’ स्थापना

सूर्य र राधा बरालको २५औं विवाह वर्षगाँठको अवसरमा जन्मियो फाउण्डेशन
news-details

सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सीप विकास गर्ने उद्धेश्यले शुभगुरु फाउण्डेशन स्थापना भएको छ । अन्तर्राष्ट्रिय स्तरको सुनचाँदीको गरगहना बनाउने सीप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने फाउण्डेशनले जनाएको छ ।

शुभगुरु सुनचाँदी गृहका सञ्चालकद्वय सूर्य बराल र राधा गुरुङको २५औं विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेशनको स्थापना गरिएको हो । फाउण्डेशनले कालिगढको सीप विकासका लागि दश लाख २५ हजार २५ रुपैयाको अक्षयकोष खडा गरेको छ भने उनीहरुको सीप र क्षमताको कदर गर्दै बार्षिक रुपमा पुरस्कृत गरिने जानकारी दिएको छ ।

फाउण्डेशन स्थापनाको जानकारी दिन विहिबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सीप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु सुनचाँदी क्षेत्रका लागि महत्वपूर्ण थालनी भएको बताए । निजिस्तरबाट गरिएको अभियानको प्रशंसा गर्दै अध्यक्ष महर्जनले राज्यले सुनचाँदी क्षेत्रमा भएका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको बताए । अध्यक्ष महर्जनले सुनचाँदी व्यवसायमा व्यवसायीको आर्थिक र सामाजिक उन्नती भएपनि यस व्यवसायमा अहोरात्र खटिने कालिगढको क्षमताको उचित मुल्यांकन नभएको अवस्थामा फाउण्डेशनको यो प्रयास कोषेढुंगा भएको भन्दै प्रशंसा गरे ।

फाउण्डेशनका संयोजक सूर्य बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढ र ब्यवसायीहरुको ज्ञान, सीप, कला र विद्दताको सम्मान गर्दै सुनचाँदी व्यबसाय क्षेत्रको वृहत्तर विकास, सम्बद्र्धन, संरक्षण गर्नुपर्ने बताए । गहनाको परम्परागत निर्माण शैलीलाई आधुनिकीकरण र सहजिकरण गर्न आवश्यक पर्ने औजार र मेसीन खरिद गर्न सहयोग गर्नेमा बरालले जोड दिए । उनले गरिव, पिछडिएका र द्वन्दपीडित वर्गका लागि सीपविकास गर्न ईच्छुक विद्यार्थीहरुलाई कालिगढ क्षेत्रमा सीप सिक्नका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिए ।

नेपाल सुनचाँदी कला व्यवसायी संघका केशर सेञ्चुरी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष द्धारिकालाल शंकर, नेपाल सुनचाँदी कला व्यवसायी संघका निर्देशक हरि रसाइली, नेपाल सुनचाँदी कालिगढ संघका अर्जुन विश्वकर्माले नेपालमा कार्यरत ४ लाख कालिगढको विषयमा अहिलेसम्म कुनै मुर्त कार्यक्रमहरु नभएको अवस्थामा एउटा पसलको पहलमा स्थापना गरिएको फाउण्डेशनको उदेश्य र सोच महत्वपूर्ण भएको बताएका छन् । उनीहरुले कालिगढको सीप र क्षमता विकासका लागि आवश्यक तालिम तथा विभिन्न कार्यक्रमहरुमा सुनचाँदी व्यवसायसँग सम्वन्धित सम्पूर्ण संस्थाहरु फाउण्डेशनसँग साथ र सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा संखुवासभाका पूर्व सांसद डेडराज खड्काले फाउण्डेशनका सञ्चालकहरुको समाजमा केही गरौ भन्ने हुटहुटी फाउण्डेशन मार्फत पुरा हुने बताउदै सुनचाँदी व्यवसायलाइ अझ मर्यादित र सम्मानित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उपस्थित अतिथि र सहभागिलाइ स्वागत गर्दै संस्थाको तर्फबाट यामबहादुर गुरुङले फाउण्डेशनको उदेश्य र भावि कार्ययोजनाको जानकारी गराएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *