विज्ञापन संघको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे विजयी , १४ सदस्यीय कार्यसमिति चयन

news-details

नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

हिजो सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बन्नुभएको छ । साधारणसभाले उहाँलाई निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।

महासंघको महासचिवमा फ्युचर हव मिडिया मल्टिप्रपोजका संचालक कृष्णप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरे यस अघि सचिव रहेका थिए ।

निर्वाचित भएपछि धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने दाबी गर्नुभयो । महासंघको द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी हुनुभएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *