युएईको अलफरदान एक्सचेन्जबाट हिमालरेमिट गर्दा भाग्यशाली बने श्रेष्ठ
- पुस १७, २०७७
- 0

युएईको अलफरदान एक्सचेन्जबाट हिमालरेमिटमार्फत नेपाल पैसा पठाउने ग्राहकहरुमध्ये भाग्यशाली ग्राहक बन्दै रामकुमार श्रेष्ठले ३ लाख नगद पुरस्कार प्राप्त गरेका छन ।
नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै हिमालयन बैंक अन्तर्गतको हिमालरेमिट र युएईको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलफरदान एक्सचेन्जले आफ्ना ग्राहकहरुको लागि ल्याएको ‘दशैतिहार बम्पर धमाका, बनौ भाग्यमानी यस उत्सवमा’ योजनाको अन्तिम बम्पर पुरस्कार अन्तर्गत श्रेष्ठ ‘लक्की ड्र’ बाट विजेता बनेका हुन ।
अक्टोबर १ देखि लागू भएर नोभेम्बर १४ सम्म चलेको यो योजना अन्तर्गत हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहारहरु मोबाइल, टिभी, राइसकुकरहरु लगायतका इलेक्ट्रोनिक सामाग्रीहरु प्रदान गरिएको थियो ।
विभिन्न समयमा ग्राहकमुखी योजनाहरु ल्याइरहेको हिमालरेमिटले सबै विजेताहरुलाई हार्दिक आभार प्रकट गरेको छ ।