नौ महिनादेखि ठप्प रहेको काठमाडौं-दिल्ली उडान आजबाट शुरु, दुवै देशले दैनिक दुई वटा उडान भर्ने
- पुस २, २०७७
- 0
नौ महिनादेखि ठप्प रहेको काठमाडौं नयाँ दिल्ली उडान आजबाट शुरु भएको छ । नेपाल वायु सेवा निगमको एयरबस ए थ्रि ट्वान्टी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहान एघार बजे दिल्लीका लागि प्रस्थान गरेको हो ।
आठ जना बिजनेस क्लास र एक सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर विमान दिल्ली गएको हो । काठमाडौं–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ ।
महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो । भारतले भने डिसेम्बर चौबिस तारिखबाट काठमाडौं उडान भर्ने बताइएको छ ।
कोरोना भाइरस संक्रमणपछि जारी उडान प्रतिवन्ध फुकुवा गर्दै अन्तर्राष्ट्रिय उडानका लागि गत साता भारतले सहमति दिएको थियो । कोरोना संक्रमणका कारण चैत ११ गतेबाट नेपाल–भारत उडान बन्द भएको थियो ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]









