अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट
- मंसिर १९, २०७७
- 0
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड १९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो ।
अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, कोभिड १९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो। यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप बिस्तार गर्ने विषयमा पनि छलफल भयो ।
राजदूत डेप्रेचले कोभिड १९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताउनु भएको थियो ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]









