थकान र मिठासको संगमस्थल कपनको ‘अर्गानिक फार्म हाउस’
- कार्तिक २५, २०७७
- 0
अमेरिकाको भिसा त्यागेर नेपालमै केहि गर्छु कसैले भन्छ भने अनौठो लाग्छ । किनभने अमेरिका जान मरिहत्ते गर्ने हामी नेपालीले अमेरिकाको भिसा लागेको जो कोहि किन अमेरिका नगएर यहाँ घोटीएको होला भनेर आश्चर्यमा पर्ने गर्छ । अमेरिका जान र भिसा लगाउन लडाई नै हुन्छ तर, भिसा भित्तामा थन्काएर ताप्लेजुङका युवा संगम शेर्पाले आफ्नै ठाउँमा पसिना बगाउने निर्णय गरे । अहिले हाई सन्चो छ उनलाई, अमेरिका उन्का लागि यहि नै भएजस्तो छ ।
काठमाडौको धुँवा धुलो र लामो लकडाउनको कारण तपाँईलाई तनाब भई रहेको हुन सक्छ । एक्कै छिन भए पनि मन बहलाउनका लागि तपाँई शान्त ठाउँको खोजिमा हुनुहुन्छ । तर, के गर्ने ? काठमाडौमा यस्तो ठाउँ बिरलै फेला पर्ने गर्दछ । तर,पछिल्लो समय काठमाडौंको कपनस्थित आकाशेधाराभन्दा केहि माथि यसकै आडमा अर्गानिक फार्म हाउँस सञ्चालनमा आएको छ ।
तपाँईको मनले शान्त र आरामको खोजी गरी रहेको छ भने धित मार्न यस ठाउँले सहयोग गर्छ । काठमाडौको डाँडोमा भएर पनि पारीलो घाम ताप्दै बिशाल अर्गानिक फार्म हाउसमा अर्गानिक परिकार खानुको मज्जा बेग्लै हुन्छ । फार्म हाउस वरिपरी जंगल भएका कारण वल्लो रुख र पल्लो रुख, ओल्लो हाँङ्गो र पल्लो हाँङ्गो गर्दे उड्ने चरा र चराको चीरीवीरी आवाजले सबैलाई मन्त्रमुग्ध त बनाउछ नै अर्गानिक फार्म हाउसमा बस्नुको आनन्दको अनुभूतिसमेत गराई रहेको हुन्छ ।
उक्त फार्म हाउस सडक नजिकै भएर पनि तपाँईले त्यस्तो कुनै कोलाहल महसुश गर्न पाउनु हुने छैन् । तपाँइलाई आनन्दसहितको शान्ति महसुश हुने छ । फार्म हाउसमा बसेर तातो कफि, चिया वा चिसो पिउने र खाँजामा के खाने ? तपाँईको रोजाई अनुसार खानाका परिकार उपलब्ध हुने छ । फराकिलो क्षेत्रफलमा फार्म हाउस रहेकाले गाडि र मोटर साईकलको राम्रो पार्किङको प्रवन्ध त्यहाँ छ ।
फार्म हाउस परिसरमा हरियालीमा रमाउने वातावरण त छ नै त्यसका अलबा फार्म हाउस भित्रै पालिएका गाई ,भैसी, बाख्रा र कुखुरा हेर्न पाउँदा जोकोहीलाई आफ्नो गाउँको झल्को दिलाउँछ । फार्म हाउँसमा लटरम्म फलेका अम्बा झारेर खान पाउँदाको मज्जा त छदैछ पारीलो घाममा बसेर रुखबाटै टिपेर भोगटे खाने सुविधासमेत रहेको छ । फार्म हाउसमा लगाएका काक्रा, लौका, साग र डल्ले खोर्सानी खरिद गरेर ल्याउन सकिनेगरी भित्रै छुट्टै कोसेली घर समेत सञ्चालनमा ल्याइएको छ ।
धुलो धुवाँबाट मुक्ति पाउन र मनलाई एकछिन भए पनि शान्त ठाउँमा बहलाउन युवायुवतीहरु र परिवारका सदस्यहरु यहाँ पुग्ने गर्छन । तपाँईले खानपिनको लागि अन्यत्रको भन्दा सस्तो मेनु यहाँ पाउनु हुने छ भने खानाका नयाँ–नयाँ परिकारको पनि स्वाद चाख्न पाउनु हुनेछ । लोकल कुखुरा, टर्की, माछा, सेकुवा र अन्य परिकारसंगै लोकल फापरको ढींडो खानेको यहाँ भीड नै लाग्ने गरेको छ । यहाँ उब्जाउ गरीएका आलु, भट्मास र गेडागुडीको स्वाद त झन बिछ्ट्टकै हुन्छ ।
यहाँ बसेर हरियालीको अवलोकन गर्ने हो की भित्र बसेर भलाकुसारी गर्ने हो रोजाई तपाँइको । फार्मका सञ्चालक संगम र बन्दी शेर्पा यहाँ आउने ग्राहकले खल्लो महुसुश गर्न नपर्ने बताउनुहुन्छ । आफ्नो ब्यस्त समयका बाबजुद थकान महसुश गरेर आएका धेरै ग्राहकहरु यहाँबाट भरपुर सन्तुष्टि लिएर फर्किने गरेको बन्दी शेर्पाको भनाई छ । पसिना आफ्नै देशमा बगाउ भन्ने नयाँ सोंच छ शेर्पा दम्पतीको ।
संगम शेर्पाले आफ्नो अमेरिकाको भिसा त्यागेर आफ्नै देशमा पौरख गर्ने सोंच बनाएका हुन् । साँघुरो ठाउँबाट शुरु गरेको उन्को अर्गानिक फार्म हाउस अहिले काठमाडौकै ठुलो फार्म हाउस बनेको छ । एकै ठाउँमा धेरै अर्गानिक परिकार पाक्छ यहाँ । पाँहुनालाई बस्नकोलागि चारवटा छुट्टा छुट्टै नयाँ सुविधायुक्त घर छन् । सफा र ताजा खाना पाउँदा यहाँ पुग्ने जो कोहि मक्ख परेर फर्कने गरेका छन् । काठमाडौमा जाडो बढ्दै गर्दा पारीलो घाम ताप्दै चियाको चुस्कि लगाउने या कफि पिउने कल्पना यहाँ पुगेपछि पुरा हुन्छ ।
शान्त वातावरण भएकाले यहाँ बस्न आउन रुचाउनेको संख्या पनि बढ्दै गएको सञ्चालक बन्दी शेर्पा बताउनु हुन्छ । यस फार्म हाउसमा कुनै पनि संस्था वा बिभिन्न कार्यक्रम गर्नको लागि उचित प्रबन्धसहितको हलको पनि व्यवस्था छ । घतलाग्दो कुरा त यहाँ के अनौठो छ भने यहाँ देउराली घर, सोल्टीनी घर, छाप्रो, मचानलगायतका स्थानीय नाम राखिएको छ । बाख्राको खोर, गाईगोठलगायतका नामले यहाँको आकर्षण थपेको छ । त्यसैले तपाँई पनि एक पटक भए पनि परिवारसहित पुग्न नभुल्नु होला । त्यसपछिको रोजाई भने तपाँईकै हुने छ ।