सिटी एक्सप्रेस र हङकङको वायरएज रेमिट्यान्सबीच कारोबार सुरु
- रोजगारमञ्च
- कार्तिक २४, २०७७
- 0
हङकङको ख्यातिप्राप्त वायरएज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स कारोबार सुरु भएको छ ।
हङकङमा रहेका नेपालीहरुले वायरएज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ । हङकङबाट यसरी पठाएको पैसा नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १० हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्नका साथै मोबाइल वालेटमा लोड गर्न सकिने एक विज्ञप्ती जारी गर्दै सिटी एक्सप्रेसले जनाएको छ ।
सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र वायरएज रेमिट्यान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन् । यही नोभेम्बर ३० तारिकसम्म वायरएज रेमिट्यान्सबाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स् क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।