कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

news-details

अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी एक हप्ताभित्र दिन बीमा कम्पनीहरुको नियामक निकाय बिमा समितिलाई निर्देशन दिएको छ ।

कोरोना बीमा दावी गरेका वीमितहरुको पीसीआर परीक्षणको प्रमाणपत्र पाएको एक साताभित्र दिने व्यवस्था मिलाउन मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताए ।

यसैगरी कोरोना बीमा दावी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासो समाधानका लागि हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था पनि तत्काल मिलाउन निर्देशन दिएको छ । बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *