उद्योग बाणिज्य महासंघमा चुनावी सरगर्मी : ढकाल र प्रधान समूहले गरे प्यानलसहित उम्मेदवारी दर्ता
- कार्तिक १८, २०७७
- 0
नेपाल उद्योग बाणिज्य महासंघको यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन गैरहेको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहले प्यानल नै खडा गरेर उम्मेदवारी दर्ता गराएका छन ।
महासंघका उपाध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकाल समूहले आज मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै ढकाल प्यानलबाट केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि सोमबार प्रधान समूहले पनि महासंघको केन्द्रिय कार्यालय टेकुमा आफ्नो समूहको उम्मेदवारी दर्ता गरेको थियो । प्रधानको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा किशोर प्रधन, एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै केन्द्रिय सदस्यहरुमा बस्तुगततर्फ विष्णु गैरे, अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लव मान सिंह, दिपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, रामबहादूर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दिप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सुनिल गोपाल श्रेष्ठ, जिल्ला–नगरतर्फ अरुण सुमार्गी, अशोक अमात्य, तारनाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया, देवकुमार श्रेष्ठ, मंगलसिंह ठगुन्ना तथा एसोसिएट्सतर्फ विजयसिंह बैद्य, रञ्जित आचार्य, कृष्णप्रसाद दुलाल, राजेश अग्रवाल, शाहिल अग्रवाल, आनन्द वगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टेमानी, सुनिल नारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, प्रवल जंग पाण्डे, सन्दिप गाडिया, हेमन्त गोल्छा, शक्ति वेगानी र उदित श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन ।
निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दाखिला मंसिर ४ गते साँझ ५ बजेसम्म गर्न पाइनेछ । त्यस्तै मतदान गर्न पाउने सदस्यको पहिलो नामावली मंसिर २ मा प्रकाशित गरिने र मतदान गर्न पाउने सदस्यको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ को बिहान ११ देखि साँझ ५ सम्म कायम गरिएको महासंघले जनाएको छ ।
निर्वाचन कार्यक्रम निर्वाचन समितिले तोकेका स्थान राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा छुट्टाछुट्टै रूपमा हुनेछ । गृह मन्त्रालयको स्वीकृति एवं स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ ।