सञ्चालनमा आयो तातोपानी नाका, भित्रिए ११ कन्टेनर
- अशोज १८, २०७७
- 0

नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए । आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।
कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।
-रासस
0 प्रतिक्रिया
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय भएको छ । दुई दिन अघि संयुक्त […]
जनप्रगतिशील मञ्च माल्टाको कार्यसमिति पुर्नगठन, बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाली जनप्रगतिशील मञ्च माल्टाले कान्छाराम बुढाथोकी (बिनय)को अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरि आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । […]
कक्षा १२ को वार्षिक परीक्षा नसार्ने बोर्डको निर्णय

कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो […]
काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर

भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् । उनलाई ऊर्जा […]
फेवाताल किनारका होटल व्यवसायीहरुले गरे खानेपानीको माग

सात तालको शहर पोखरा, त्यसमा पनि नेपालकै सबैभन्दा ठुलो ठानिएको फेवातालको किनारमा होटल व्यवसाय गरिरहेका पोखराका व्यवसायीहरुले नेपाल खानेपानी संस्थानसँग […]