भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमणको पुष्टि
- साउन १८, २०७७
- 0
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनले आइतबार आफ्नो ट्वीटर मार्फत सो जानकारी दिएका हुन् ।
उनले ट्वीटरमा आफूमा कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएको लेखेका छन् । यसका साथै उनले आफ्नो अवस्था ठीक रहेतापनि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भइरहेको जानकारी पनि दिएका छन् । उनी मेदान्ता अस्पताल भर्ना भएका हुन् ।
गृहमन्त्री अमित शाहले आफ्ना सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परीक्षण गर्नका साथै आइसोलेसनमा रहन पनि आग्रह गरेका छन् ।