ट्रम्पसँग यौन सम्पर्क राखेको दाबी गर्ने पोर्नस्टार स्टार्मी डेनियल पक्राउ
- असार २९, २०७५
- 0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो यौन सम्बन्ध रहेको दाबी गर्ने पोर्न स्टार स्टार्मी डेनियल्सलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। प्रहरीले स्टार्मी डेनियललाई ओहायो प्रान्तको राजधानी कोलबम्सको एक स्ट्रप क्लममा अश्लील हर्तक गरेको आरोपमा पक्राउ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
स्टार्मी पक्राउ परेपछि उनका वकिल माइकल अवेनतीले उनको पक्राउ राजनीतिबाट प्रेरित भएको टिप्पणी गरेका छन् । माइकलका अनुसार पोर्न स्टार स्टार्मीले पूरै अमेरिकामा अहिलेसम्म १०० भन्दा धेरै स्ट्रिप क्लबमा आफ्नो प्रस्तुती दिइसकेकी छन् ।
तर बुधबार यस्तै एक प्रस्तुतीका क्रममा स्टार्मीले क्लबमा उपस्थित दर्शकलाई सामान्य तरिकाले आफ्नो शरीरलाई छुन अनुमति दिएकी थिइन् । जसका कारण उनी पक्राउ परिन् । स्टार्मीका वकिल माइकलले यो सबै राजनीतिबाट प्रेरित भएको र उनलाई पक्राउ गर्न पूर्व नियोजित योजना बनाएको आरोप लगाए ।
गत वर्ष पोर्नस्टार स्टार्मी डेनियलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग यौन सम्पर्क राखेको अभिव्यक्ति दिएर सबको ध्यान आफूतर्फ केन्द्रित गरेकी थिइन् । स्टार्मीका अनुसार ट्रम्पले उनीसँग एक पटक शारीरिक सम्बन्ध राखेका थिए ।
स्टार्मीले २००६ मा ट्रम्प र आफूबीच यौन सम्पर्क भएको दाबी गरेकी थिइन् । स्टार्मीले २०१६ को राष्ट्रपति चुनाव पहिला ट्रम्पले आफूहरुबीच भएको यौन सम्बन्धका विषयमा सार्वजनिक नगर्ने सम्झौता भएको दाबी गरेकी थिइन् । सो सम्झौता अनुसार ट्रम्पले स्टार्मीलाई एक लाख ३० हजार डलर दिएका थिए ।