मानव अधिकार आयोगले बोलायो एसएसपी खड्कालाई

news-details

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाबारे बुझ्न पुगेको आयोगको टोलीलाई अपराध अनुसन्धान कार्यालयमा प्रवेश गर्न नदिएको विषयमा जानकारी लिन खड्कालाई बोलाइएको हो।

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार खड्कालाई मंगलबार आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाइएको छ।

जबरालाई सुरक्षा जोखिम रहेको भन्दै प्रहरीले आइतबार बिहान बाँसबारीस्थित निवासबाट नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालयमा पुर्‍याएको थियो। त्यसपछि घटनाबारे बुझ्न आयोगको टोली कार्यालय पुगे पनि प्रवेश नपाएपछि करिब ३५ मिनेट बाहिर बसेर फर्किएको आयोगले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया