महिला अधिकार भनेको के हो त ? महिला अधिकार महिलाको कल्याण, सुरक्षा र हकका लागि बनाइएको नियम वा अधिकार हो । महिला अधिकार सन् १९६७ मा संयुक्त राष्ट्र संघको महासभाद्वारा औपचारिक रुपमा प्रकाशित गरिएको थियो । यस प्रकाशनमा महिलाले पाउनु पर्ने मौलिक हक जस्तै: महिला बिरुद्ध गरिने हिंसा र लैङ्गिक बिभेद अन्त्य हुनु पर्छ, समान काम गरेबापत महिला र पुरुषले बराबर ज्याला पाउनुपर्छ र बालबिवाह जस्ता सामाजिक कुरितिको अन्त्य हुनु पर्छ आदी उल्लेख थिए ।

महिला अधिकारका बारे त थाहा पायौ । अब जानौ हाम्रो देशमा यसको अवस्था सुन्दा निकै दुखद लाग्ले तर, साच्चै नै यसको अवस्था निकै कमजोर छ । नेपालमा महिलाले अझै पनि घरकै काम बढी गर्दछन् । हो, पहिलेको स्थिति भन्दा सुध्रिएको छ तर, ठिक भने भएको छैन । अझै पनि गाउँ घर, नभन्दै शहरमा पनि महिला माथि लैगिक भेदभाव गरिन्छ । महिलालाई सानो देखाउने, महिलालाई रोजगारको अवसर नदिने गरिन्छ । यसको मुख्य कारण अशिक्षा, पुरुषप्रधान समाज हो ।

पहिला कुरा गरौ अशिक्षाको । अशिक्षाले धेरै जसो समस्या उत्पन्न गराउँछ । यहाँ पनि अशिक्षाको ठूलो भूमिका देखिएको छ । अशिक्षाको कारण मानिसले आफ्नो दबाव बनाई राख्न महिला माथि शासन गर्न खोज्छन् जसमा मानिसले महिलालाई कुट्ने होच्याउने जस्ता दुरव्यवहार गर्छन । जसले समाजका महिलाले आत्महत्या गर्छन त कोहि डिप्रेसनमा जान्छन् अथवा उनीहरुलाई मानसिक र शारिरीक तनाव उत्पन्न हुन्छ । दोस्रो कारण छ पुरष प्रधान समाज । पहिले भन्दा भिन्न अहिलेको पुरुष समाज छ । त्यसको अर्थ कुनै परिवारको आम्दानीको स्रोत पुृरुष नै हुन्छ । जसले पुरुपमा आफै म ठुलो हुँ भन्ने भाव जाग्छ । पुरुष घरको मुल भएपछि महिलासंग धेरै परिवार चलाउने अवसर हुँदैन । जसले परिवार, समाज र राष्ट्रमा पुृरुषको पकड आफै दरो हुँदै जान्छ ।

यो हुनबाट बचाउन र महिलाले भोग्नु पर्ने यस्तो दुरव्यवहारको अन्त्य गर्न हामिले निम्न उपाय अपनाउनु पर्छ :

१, महिलालाई सबै काममा सहभागि हुन प्रेरित गर्ने ।

२,महिलालाई पुरुषसंगै समान सुविधा प्रदान गर्ने ।

३,महिलालाई पुरुषसंग तुलना नगर्ने र समान व्यवहार गर्ने ।

४,महिलालाई रोजगारको अवसर प्राप्त गराउने ।

५,महिलालाई बालबिवह जस्ता सामाजिक कुरितिबाट टाँढा राख्ने ।

६,महिलालाई समान रुपमा शिक्षा, स्वास्थ्य प्रदान गर्ने ।

माथिका यि उपाय अपनायौ भने हाम्रो समाजका महिलाले समान व्यवहार अधिकार प्राप्त गर्छन् । महिलालाई यी अधिकार प्रदान गर्नु हाम्रो कर्तव्य हो । हामीले आफ्नो कर्तव्य सम्झेर बुझेर आफ्नो व्यवहार प्रकट गर्नु पर्दछ । हामीले यस्तो कुरा पढ्ने मात्र हैन, आफ्नो व्यवहारमा पनि लागु गर्नुपर्दछ । महिला अधिकारको हनन हाम्रो समाजको एक जटिल समस्या हो । यसको बिरुद्ध हामीले बोल्नु पर्छ । जनचेतना फैलाउनु पर्छ । यसको बिरुद्ध कार्यक्रम सञ्चालन आदि गर्नुपर्छ । र अन्तिममा म हाम्रो समाज, राष्ट्र र विश्वव्यापी रुपमा यसको पक्षमा हामीले काम गर्नुपर्छ र नेपालमा महिला अधिकारको हनन नहोस र यसको अवस्था राम्रो होस र सुध्रियोस् ।