नेपाल एयरलायन्स र मेरो यात्रा

news-details

अन्तर्राष्ट्रिय उडान आफैमा रोमाञ्चक हुन्छ । नेपाली आकाशमा उड्दा नै फरक अनुभूति लिने म विदेशी आकाशमा उड्न पाउँने हुँदा फुरुङ्ग हुनु स्वभाविक हो । अझ नेपालको राष्ट्रिय ध्वजाबाहक विमान चढेर विदेशी विमानस्थलमा ओर्लने कल्पना गर्दा थप रोमाञ्चक बनिरहेको थिएँ म ।

२०१५ सालमा स्थापना भएको नेपाल एयरलायन्समा मेरो अन्तर्राष्ट्रिय यात्रा गर्ने रहर पहिल्यैबाट थियो तर विविध कारणवश यात्रा गर्ने अवसर मिल्न सकेको थिएन । हुन त मैले वैदेशिक यात्राका क्रममा थुप्रै एयरलायन्सबाट यात्रा तय गरिसकेता पनि हाम्रै नेपाल एयरलायन्सको अनुभव भने लिन पाएको थिइनँ । आन्तरिक यात्रा पटक–पटक सुरक्षित तवरले गरिसकेको थिए, तर नेपाल एयरलायन्सको ठूलो जहाजबाट अन्तर्राष्ट्रिय यात्रा गर्न भने बाँकी नै थियो ।

गत अगष्ट १५ मा मलाई एक कार्यक्रममा सहभागी हुन हङकङ जानु पर्ने भयो । त्यही रहर र नौलो अनुभव बटुल्नका लागि मैले नेपालको राष्ट्रिय ध्वजावाहक एयरलायन्स अर्थात् नेपाल एयरलायन्सको टिकट काटे । टिकट काटेकै दिनदेखि म एकदमै उत्साहित थिए । नेपाल एयरलायन्समा चढेर विदेशको विमानस्थलमा अवतरण गर्ने मेरो ठूलो धोको थियो र त्यो पुरा हुनै लागेको थियो ।

आफ्नै देशको जहाज, आफ्नै देशको अंकित झन्डा भएको जहाजमा चढेर कुनै अर्को देश घुम्न जाँदाको अनुभव कस्तो होला भनेर मैले कल्पना मात्र गरेको थिए तर महशुस गर्न पाएको थिइँन, त्यही कारणले गर्दा पनि होला, मलाई एकदमै कौतुहल भइरहेको थियो ।

अगस्ट १५ अर्थात म हङकङ जाने दिन समयमा नै म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगें । एयरलायन्सको काउन्टरमा बोर्डिङ पास लिन जाँदा त्यहाँ रहेका कर्मचारीहरुले मलाई एकदमै खुशीसाथ स्वागत गरेको देखेर मेरो मन झन् प्रफूल्लित हुन थाल्यो । किनकी त्यति धेरै अथाह माया, प्रेम र सहयोग मैले अरु एयरलायन्सबाट यात्रा गर्ने क्रममा पाएको थिइनँ ।

जब जहाजले टेक अफ लियो, मेरो यात्रा शुरु भयो । नेपाल एयरलाइन्सको जहाज चढेर काठमाडौं छोड्दै गर्दा मनमा अनेक कुराहरु खेल्न थाले । आफ्नै देशको जहाज चढेर गद्गद् हुँदै उडिरहदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय ३६ गन्तव्यहरूमा निगमले नियमित उडान भरिरहँदा किन अपेक्षाकृत सफलता चुम्न नसकिरहेको होला भन्ने लाग्यो ।

हातमा हाम्रै एयरलाइन्सको बोर्डिङ पास बोक्दा मेरो मन गर्वले फुलेको थियो । म तुम्लिङटारका लागि होइन हङकङका लागि बाटो तय गरिरहेको थिएँ । जव जहाजतर्फ हामी बसमा लागिरहेका थियौं, त्यहाँ नेपाली मात्र होइन विदेशी पनि सँगै थिए । नेपालको झण्डा अंकित ठूलो जहाजतर्फ प्रवेश गर्दै गर्दा पाएको स्वागत र सत्कारले मलाई अझ मोहित बनायो ।

जब जहाजले टेक अफ लियो, मेरो यात्रा शुरु भयो । नेपाल एयरलाइन्सको जहाज चढेर काठमाडौं छोड्दै गर्दा मनमा अनेक कुराहरु खेल्न थाले । आफ्नै देशको जहाज चढेर गद्गद् हुँदै उडिरहदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय ३६ गन्तव्यहरूमा निगमले नियमित उडान भरिरहँदा किन अपेक्षाकृत सफलता चुम्न नसकिरहेको होला भन्ने लाग्यो ।

विश्वको इतिहाँस हेर्दा पनि नेपाल एयरलाइन्सको उडान यात्रा पुरानो भइसकेको छ । ७ वटा विमानबाट सेवा भरिरहेको नेपाल एयरलाइन्सका जहाज खरिदमा निकै विवाद किन आउने गरेका होलान् । सेवा विस्तारमा किन अझै छलाङ्ग मार्न नसकिरहेको होला । मनमा कुरा खेल्दा खेल्दै टेवलमा खाना आइपुग्यो । खाना पनि वास्तममा नै एकदमै सफा मात्र होइन हाम्र्र्रै स्वादको मीठो थियो । मैले सोचेको भन्दा धेरै राम्रो सेवा सुविधा पाएँ नेपाल एयरलायन्समा । केही घण्टापछि हङकङको ठुलो विमानस्थलमा हाम्रो नेपालको झण्डासहितको जहाज अवतरण भयो । त्यहाँ धेरै देशका जहाज थिए, त्यसमा हाम्रो जहाज भिन्नै थियो, खास थियो ।

केही दिनको हङकङ बसाईपछि म घर फर्कदासमेत नेपाल एयरलाइन्सको जहाजबाट नै आएँ । आफ्नै देशको जहाज चढेर विदेशको यात्रा सम्पन्न गरेर स्वदेश फर्किएपछि मन धेरै खुशी भएर मात्र म यी अनुभव लेखिरहेको छु ।

नेपाल एयरलायन्समा यात्रा गर्ने मेरो रहर पुरा भयो त्यो पनि एकदमै राम्रो र आरामदायी हिसाबले । नेपाल एयरलाइन्समा यात्रा नगर्ने अनि विभिन्न अफवाह फैलाउनेहरुका कारण हामी पछि परेका रहेछौं । जसले नेपाल एयरलायन्सको यात्रा गर्छ, उसले कहिल्यै नराम्रो भन्न सक्दैन । हामी नेपालीले अन्तर्राष्ट्रिय सेवा दिन र लिन जानेका छौ, नेपाल एयरलाइन्स कुनै पनि हिसावले अरुभन्दा कम छैन ।

मैले जाँदा वाइडबडि र फर्कदा न्यारोबडि दुवै जहाजकोे अनुभव लिने अवसर पाए । नेपाल एयरलायन्समा यात्रा गर्दा जो कोहीलाई लाग्छ अव हरेक गन्तब्यमा हाम्रै जहाज उड्नु पर्छ । नेपाल एयरलाइन्स विश्व बजारमा पुग्नु पर्छ ।

नेपाल एयरलायन्सका धेरै राम्रा पक्ष हुँदा हुँदै पनि केही सुधार गर्नुपर्ने पक्षहरु पनि मैले देखेको छु । नेपाल एयरलायन्स समयमा उड्दैन भन्ने जनगुनासो छ । हुन त मैले त्यस्तो अनुभूति गर्नु नपरे पनि अन्य यात्रु तथा हङकङबासी नेपालीले नेपाल एयरलाइन्सको अधिकांश उडान ढिला हुने, फ्लाइट क्यान्सिल हुने, टिकटको मुल्य केही महंगो हुने गरेको गुनासो गर्ने गरेका छन् ।

कही यस्तै सानातिना कुराले गर्दा नै नेपाल एयरलायन्सको विश्वसनियता घटेको त होइन । यस्ता कुराहरुलाई पक्कैपनि नेपाल एयरलायन्सको व्यवस्थापन पक्षले मनन गर्ने हो भने छिट्टै नै नेपाल एयरलायन्स विश्वमा पुग्छ र सबैको मनमुटुमा बस्न सफल हुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।

समग्रमा मेरो नेपाल एयरलायन्समा हङकङको यात्रा एकदमै रोचक, आरामदायी र राम्रो भयो । म सम्मान गर्न चाहान्छु नेपाल एयरलायन्सलाई, नेपाल एयरलायन्समा कार्यरत कर्मचारीहरुलाई र सम्मान गर्न चाहान्छु ती यात्रुहरुलाई जसले नेपाल एयरलायन्समा यात्रा गर्नुहुन्छ । नेपाली एयरलायन्स अर्थात् नेपालको चन्द्र सुर्य अंकित झन्डा भएको एयरलायन्स हामीले विश्वमाझ चिनाउनुपर्छ र त्यो विश्वमाझ चिनाउने जिम्मा अब तपाई हाम्रै हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *