नेताहरुले जनताका समस्या सुन्ने र हेर्ने गर्नुपर्छ : प्रा. डा. ज्ञानेन्द्र कार्की

news-details

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा मेरो विशेष लगाव र केहि गरौ भन्ने प्रयास रहिआएको छ । केही महिनायता मैले एसोसिएसन अफ प्राईभेट मेडिकल तथा डेन्टल कलेजको अध्यक्ष भएर काम गरिरहदा यसभित्र धेरै चुनौतिहरु देखे । यो वास्तममै एकदमै गाह्रो रैछ । नेपालमा काम गराउनको लागि एकदमै अप्ठ्यारो रैछ ।

अहिले संसदमा कुनै पनि समस्याको समाधानभन्दा पनि एकले अर्कालाई खुट्टा तान्ने, एकले अर्कालाई गाली गलौज गर्ने होच्याउने प्रवृत्ति बढी हावी भएको देखियो । सबैभन्दा अफ्ठ्यारो कुरा के छ भने विश्वासको वातावरण देखिदैन ।

यतिधेरै सांसदहरुलाई जनताले चुनेर पठाए । केहि काम पुरा होस् भन्ने चाहना सबैको छ र हाम्रो पनि छ । सबै निति–नियम, कानुन बनाउने जिम्मा नै संसदमा भएकोले हाम्रो भविष्य भाग्यविधाता पनि संसद नै हो । यदि राष्ट्रव्यापी समस्याहरु छन् भने वहाँहरुले यी कुरालाई बुझिदिनुभएन, बुझ्ने चेष्टा गरिदिनुभएन या बुझेर पनि बुझ पचाईदिनुभयो भने हामी अगाडि बढ्न सक्दैनौ ।

त्यसैले कस्तो प्रकारले यस्ता समस्याहरुको निकासी दिने भन्ने उहाँहरुले बुझनु आवश्यक छ । एउटा नेता भईसकेपछि उसको कानले सुन्नुपर्छ, आखाले हेर्नुपर्छ र कम बोल्ने काम गर्ने बानी हुनुपर्छ भन्ने मलाई लाग्छ । मेरो थुप्रै मन्त्रीज्यूहरुसँग भेटवार्ता भयो तर वहाँहरु धेरै बोल्नुहुन्छ हामीले केही कुरै राख्न पाउदैनौ । जबसम्म हामीले सुन्ने बानी बसाल्दैनौ तबसम्म समस्या समाधान हुन सक्दैन ।

मैले दृढ संकल्प के लिएको छु भने मैले भन्न कहिल्यै छाड्ने छैन । जे कुरा सत्य हो, जे कुरा साँचो हो, जो लोककल्याणको लागि आवश्यक छ, देश र जनाताको हितमा छ त्यो कुरा जबसम्म तपाई बुझ्नु हुन्न र बुझ्ने प्रयास गर्नुहुन्न म भन्न छाड्नेवाला छैन । तपाईको सुन्ने–बुझ्ने इच्छाशक्ति नभएपनि म छोड्नेवाला छैन । देशको हितको पक्षमा हामीले बोल्नैपर्छ ।

मेरोभन्दा अघिको जेनेरेशन थोरैमात्र शिक्षित हुनुहुन्थ्यो । तर म भन्दा पछिको जेनेरेशन सबै शिक्षित भईसके र नेपालको भविष्य उज्वल कहाँ देख्छु भन्दा अबको १–२ वटा जेनेरेशनपछि हाम्रो बच्चाहरु धेरै स्मार्ट हुन्छन् । धेरै कुराहरु बुझ्छन् । यदि हामीले केही राम्रो कुरा मनमा लिएका छौ भने अर्को इनिङ हुदैन यही इनिङमा हामीले गर्नुपर्छ । कसैले तपाईलाई सुन्दैनन् भने यसको यो मतलब होइनकी तपाई चुप लागेर बस्नुहोस् । तपाईको यति कोसिस र इमानदारिता हुनुपर्छ कि ति व्यक्तिहरुले एकदिन त्यो साँचो कुरा सुन्नैपर्छ ।

हामीले जस्तो समस्या भोगिरहेका छौ अझ भन्नुपर्दा मैले स्वास्थ्य र शिक्षाको क्षेत्रमा भोगिरहेको छु यसलाई राज्यले बुझला नबुझला तर, देशको लागि जो नगरी नहुने काम हो गर्नेछु र यत्रो उमेरसम्म आइपुग्दा आफूले आर्जन गरेको ज्ञान सीप र इमानदारिता यहाँहरुसँग राख्नेनै छु ।

 

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “नेताहरुले जनताका समस्या सुन्ने र हेर्ने गर्नुपर्छ : प्रा. डा. ज्ञानेन्द्र कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *