सवारी ट्रायलमा ७० अंकको व्यवस्था : दुर्घटना बढाउने अर्को खेल

news-details

आउँदो फाल्गुन १ गतेबाट सवारी चालक अनुपती पत्र लिन ७० अंक ल्याए ट्रायल परिक्षा उर्तिण हुने व्यवस्था गरिदै छ । दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन खुकुलो बनाइदै छ ।

यसैपनि दुर्घटना रोक्न नसकिरहेको वेला सवारी चालक अनुमती पत्र सिम कार्ड जसरी बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारी विज्ञ विमल बन्जाडेले बताए । यसै पनि सडकमा सवारीको नियमन हुन नसकेको भन्दै बन्जाडेले भने “सिम कार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफै उद्यत हुनु सरकारको गैर जिम्मेवारीको पराकाष्ट हो यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ ।”

नयाँ कार्यविधि जो कोही सजिलो पास हुने बनाइएको छ । जस्तै टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंङ्क मात्रै घट्छ यसो हुदा पास भइन्छ, ट्राफिक संकेतको पालना नगरेमा १५ अंङ्क मात्रै घट्छ यसो हुदा पनि पास भइन्छ, अस्वभाविक गतिमा वा अंसयमित रुपमा सवारी चलाएमा ३ अंङ्क मात्रै घट्छ यसो हुदा पनि पास भइन्छ ।

जस्ता सुकै गम्भिर गल्ती गर्दा पनि सजिलै सवारी चालक अनुमती पत्र दिन सरकारले किन हतारो ग¥यो त भन्दा यसका पछाडी तीन वटा मूख्य कारण रहेको देखिन्छ ।

१. कर्मचारी तन्त्रले समसामयिकक सुधार गरेको भनेर राजनीतिक नेतृत्वलाई आँखामा छारो हाल्न खोजेको देखिन्छ ।

२. नेपाल सरकारका सचिव सहसचिवहरुका छोरा छोरी पढ्नका लागि अमेरिका अष्ट्रेलिया जान सजिलै ट्रायल पासका लागि रातारात ७० अंकको व्यवस्था गरियो ।

३. ट्रायलबाट रकम खान पल्केका सरकारी कर्मचारीले आफनो तजविज अनुसार गर्न र सिम कार्ड जसरी विक्री गर्न यो व्यवस्था ल्याएको देखिन्छ ।

ट्राफिक प्रहरी अनिच्छुक 

ट्राफिक प्रहरीका केही उच्च अधिकृतले नयाँ व्यवस्थाले दुर्घटना बढाउने बताएपनि भौतिक मन्त्रालका सचिव सहसचिवहरुको दबाबमा लागू गर्न लागिएको स्रोतको भनाई छ । यस अघि बागमती प्रदेशका पूर्वमूख्यमन्त्री राजेन्द्र पाण्डेले नागरिकको ज्यानसंग खेलबाड नगर्न कार्यविधि सच्चाउन माग गरेका थिए । हालै गठन भएको बागमती प्रदेश सरकारले वास्तविकता नबुझी वाहवाही पाउँन कार्यान्वयन गर्न अग्रसर भएको यसको दुरगामी प्रभाव आगामी दिनमा देखिने नै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *