निरिह सरकार, मारमा व्यवसायी

news-details

काठमाडौं:  जनताको सेवा गर्ने र जनहितमा जिवन समर्पित गर्ने वाचा र कसम खाएर राजनैतिक नेतृत्वमा होमिएका राजनैनिक दलका नेतृतवले सत्ताको रस्वादानमा चुर्लुम्म डुबेपछि आफ्ना वाचा र कसमहरुलाई चुर्लुम्मै भुल्ने अनि आआफ्नै डम्फुको तालमा बौरिने गरेका छन्, जसका बाबजुद नेपाली जनताले दुःख,कष्ट, बाधा व्यवधान, रोग, शोक र भोकले ग्रस्त हुन बाध्य छन् । जनताको चाहनालाई कुना कन्तरामा फ्याकेर आ आफ्नै दुनो सोझ्याउन नेतृत्वमा रहेका नेत्त्वगण तल्लिन रहेकै कारणले आज राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भैरहेको छ, जसको फलस्वरुप हालै सम्पन्न स्थानिय तहक‍ो निर्वाचनको परिणाम नै काफि छ । जनजनक‍ो मनमा बस्न असफल राजनैतिक दल र यिनका बृद्धअवस्थामा पुगेका नेतृत्व वर्गले विश्राम नलिए सम्म नेपाल र नेपाली जनताले चाहेबमोजिमको शासन व्यवस्था आउने सम्भाबना देखिदैन । त्यसैले पनि आगामी निर्वाचन मार्फत देशको बागडोर युवा पङ्तिलाई सुम्पिनु जरुरी छ ।
जनभावना एकातिर हुदाँका बखत सरकार अर्कोतिर फर्किएर आम उपभोक्ता एबम् व्यवसायीको भावना विपरित आफ्ना आफन्त र भरदार मोटाउने खालका आर्थिक नितिहरु तर्जुमा गर्नमा भरपुर समय खर्चिएर सरकार एवम् राष्ट्र बैकका गभर्नरले देखाएको निरिहताले आम व्यापारी व्यवसायीहरुमा नैरास्यता फैलाएको छ । जसका कारण व्यापारि व्यवसायीको आत्मबल समेत गिर्न पुगेको छ । व्यापारी व्यवसायीलाई राहत र सहुलियत दिनुपर्ने समयमा सरकार स्वयम् अफवाह फैलाई राज्यलाई नै आतंकित बनाईरहेको छ । यसतर्फ हामी सम्पुर्ण व्यवसायी सचेत हुनु जरुरि छ । व्यापारी व्यवसायीको अभिभावकको भुमिका निभाउनु पर्ने सरकार आफ्नो कुर्सि जोगाउने बहानामा जुनसुकै हथकण्डा अपनाउन पछि नपर्ने र जनतामा करको भार मात्रै थोपर्दै जाने परम्परा तत्कालै बन्द हुनुपर्छ । आम जनताले अमन चयनका साथ आ-आफ्नो पेशा व्यवसाय गरेर खाने वातथावरण सरकारले तय गर्नुपर्छ र जनजनले यहि चाहिरहेका छन् ।
सरकारले आयातलाई निरुत्साहित गर्दै गर्दा औधोगिक तथा लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा सरकारले त्यसतर्फ खासै चासो दिएको देखिदैन । कच्चापदार्थ लगायत औधोगिक सामाग्रीमा भन्सार सहुलियत दिई उत्पादन वृद्धिमा सहयोगी बन्नु सरकारक‍ो मुख्य दायित्व हुनुपर्छ।

साना व्यापारी व्यवसायी लक्षित मौद्रिक निति ल्याई कोरोना कहरले थलापरेका व्यवसायीहरुलाई राहतमूलक निति ल्याउनु जरुरी छ । साथै युवावर्गलाई लक्षित कार्यक्रम ल्याई स्वरोजगारको सिर्जना गर्ने निति राष्ट्र बैकले अवलम्वन गर्न जरुरि छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *