७० औ नेपाल स्काउट दिवस : ‘संरक्षकलाई एक स्काउटरको खुल्लापत्र !’

news-details

संरक्षकलाई खुल्ला पत्र

आदरणिय संरक्षकज्यू
नेपाल स्काउट
राष्ट्रिय प्रधान कार्यालय
लैनचौर, काठमाडौं ।

नेपाल स्काउट आजबाट ७० औं वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण नेपाल स्काउटका सदस्य, सुभचिन्तक, प्रमुख स्काउट तथा संरक्षकज्यूलाई शुभकामना व्यक्त गर्दछु । विश्व स्काउट संगठनको नीति नियम आधारभुत सिद्धान्तबाट चलेको नेपाल स्काउटमा विगत लामो समयसम्म चुनाव हुन नसकेको जानकारी नेपाल स्काउटका राष्ट्रिय संयोजकबाट समय समयमा यहाँलाई जानकारी भइरहेको होला । हाल रहेको तदर्थ समिति २०७५ पुषमा गठन भएको र नेपाल स्काउटको संशोधित ऐन आएको ६ महिनामा निर्वाचन गराई नवगठित समितिलाई कार्यभार सुम्पिनु भनिएकोमा नेपाल स्काउटको केहि संशोधित ऐन सदनबाट आइसकेको पनि २ वर्ष भइसकेको छ । यो अवस्थामा संरक्षकज्यूबाट आफ्नो ऐनले दिएको अधिकार प्रयोग गरि मार्ग प्रशस्त गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

यता कता सुनिदैछ नेपाल स्काउटमा राजनिती मौलायो भन्दा संरक्षक नै राजनैतिक दल विशेषका व्यक्ति भएकोले स्काउटमा राजनीति हुनु सामान्य हो । तर, यो कुरामा म तथा म जस्तै वर्षौ स्काउटमा समय विताउने व्यक्ति सहमत छैनौ । हामीले संरक्षक पार्टीको नेता नभएर नेपालको प्रधानमन्त्री जो पार्टी, गुट, समूहभन्दा माथि हुन्छ भनेर ऐनमा विशेष स्थान दिएर चयन गर्ने गरेका हौ । यदि ति व्यक्तिहरुले जस्तो व्यवस्था अनुरुपको राजनैतिक व्यक्ति संरक्षक हुने भए नेपाल स्काउटमा संरक्षक पद आवश्यक नै छैन ।

नेपाल स्काउटको सकारात्मक तथा सृजनात्मक परिवर्तनको लागि २०७१ सालमा २१ दिन आमरण अनसन बसेको अनुभवका साथ संस्थालाई आवश्यक परे त्यस्ता कार्य गर्न सधै अघि उभिने पनि यही पत्रमार्फत प्रतिवद्धता व्यक्त गर्दछु । वर्षौ आफ्नो उर्जाशिल र सृजनशिल समय यस संस्थामा समर्पण गरेका अग्रजहरुलाई पाखा लगाई स्काउटको सिद्धान्त, ऐन, कानुन, नीति–नियमको पर्वाह नगरि आफ्नो नातेदार, पार्टीका कार्यकर्तालाई जुन तरिकाले संलग्न गराई संख्या बढाउने नीतिमा राष्ट्रिय प्रधान कार्यालय चलेको छ, यो तथ्यांक भ्रामक तथा गलत रहेको संरक्षकज्यूमा निवेदन गर्दछु ।

स्काउट भित्रका निर्वाचन, नयाँ ऐन, नियमावली निर्माणको कार्यमा मनमा लोभ र दिमागमा खराव नियत नभएका व्यक्ति जो आगामी कार्यसमितिमा नआउने प्रतिवद्धता व्यक्त गर्दछ उसलाई जिम्मेवारी दिनु नेपाल स्काउटका लागि राम्रो कदक हुनेछ । यदि उही लोभि लालाचिलाई संस्था हाक्न दिएमा यो अझ दलदलमा फस्नेछ र यिनको ३ पुस्ताले समेत निर्वाचन गराएर नेतृत्व सुम्पन सक्दैनन भन्ने ठोकुवा गर्दछु ।

जय स्काउट !

गुणराज प्याकुरेल
सहायक राष्ट्रिय प्रशिक्षक
२०७८-०३-०५

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *