साउदीको मरुभूमिबाट एक पत्र : जाजरकोट हत्याकाण्डका दोषिलाई कडा सजाय होस् !

news-details

क्षेत्रीको छोरों त्यों पाऊँ छुन्छ ,घिनले छूदैंन !
मानिस ठुलो दिलले हुन्छ , जातलें हुदैन !!

महाकबि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात कृति मूनामदनको माथी उल्लेखित अंश अब इतिहासको पाना मै सीमित रहने देखिन्छ ।

रूढ़िबादी परम्परागत मान्यता, अशिक्षा अनी संकीर्ण मानसिकताको उपजबाट ग्रसित समाज अनि जातीय विभेदको कुरा म गर्दिन किनकी म त्यों समाजको अंग कहिले बन्नु परेन न त त्यस्को आभास नै गर्नूपर्यो …….।

यसो विचार गर्दा जेष्ठ महीना हाम्रो देश नेपालको लागि त्यती सुखद रहेको देखिन्न । आज भन्दा १९ वर्ष अगाड़ी २०५८ जेष्ठ १९ शुक्रबारका दिन नेपालको इतिहासकै कालों दिन अर्थात् हामी सबैको मनमुटुका प्यारा राजा श्री ५ बीरेन्द्र बीर बिक्रम शाहदेवसहित सम्पूर्ण राजपरिवारको वंशनाश हुनेगरी भएको बिभत्स दरबार हत्याकाण्डको ह्रदयविदारक घटनाले हाम्रो मानसपटलमा कहिल्यै नमेटिने छाप छाडेको छ । उक्त दरबार हत्याकाण्डको दोषी को हो भन्ने विषय आजसम्म पनि रहस्यको घेरामुनि ओझेल परेको छ । प्रत्येक वर्ष जेष्ठ १९ आउना साथ नमीठो आभाससहित हाम्रो आँखा अनायासै रसाऊन थाल्छ । हार्दिक श्रद्धासुमन हाम्रा प्यारो दिवंगत राजपरिवार प्रति !!

यसैगरी नया वर्ष २०७७ को जेष्ठ १० गते पश्चिम रुकूमको सोती नगरपालिका चौरजहारीमा आफनो प्रेमिका कथित उपल्लो जातीकी भनिने सुष्मा मल्ल ठकुरीको आग्रहमा बेहुली लिन भनि मीठो सपना बोकी गएका एक दलित लक्का जवान प्रेमी नवराज बिक र होस्टेमा हैसे गर्दै रमाऊदैं उनका साथमा गएका साथीहरु कहिल्यै नफर्कने गरी संसारबाट विलिन हुन पुगे । करिब १९ जना निशस्त्र निर्दोष युवाहरू माथि सुष्माका परिवार र सम्पूर्ण गाऊँ नै एकत्रित भई ढ़ूँगा मूढा लगायतका घरेलू हतियारको प्रयोग गरी निन्दनीय तथा क्रुर अमानवीय आक्रमण गरियो । उक्त आक्रमणमा परि नवराज बिकसहित ६ जना युवाको अकालमा भएको दर्दनाक मृत्यु र अन्य घाईतेको अवस्थाले बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरू माझ शोकको लहर छाएको छ । जून घटना नेपाल जÞस्तो सानो तथा शान्त मूलूकमा घटनुले थप चिन्ताको स्थिति सृजना गरेको छ । यसप्रकारको नरसंहार हुनू दुर्भाग्य नै हो ।

नेपालको कानुनले जातीय आधारमा छूवाछूतलाई दण्डनिय अपराध मानेको छ भने नेपालको संसदले २१ जेष्ठ २०६३ मा नेपाल छूवाछूत मुक्त राष्ट्र घोषणा पनि गरेको थियो । तर युग २१ औ शताब्दीमा प्रवेश गरिसक्दा पनि समाजमा छुवाछूत अनि जातीय विभेद कायमै रहनु तथा संकुचित मानसिकता बोकेका र संकिर्णताको पराकाष्ठाले लिप्त भएकाहरुबाट ह्रदयविदारक घटना भइरहनु निन्दनिय विषय हो । यस्ता घटनाहरुको घोर भत्र्सना गर्दै दोषी उपर कड़ा भन्दा कड़ा सजाय दिन सके मात्र नवराज बिकसहितका ६ जनाको आत्माले शान्ति पाउने थिए भने सम्पूर्ण घाईते तथा उनीहरूका परिवारले न्यायको अनुभूति गर्न पाउने थिए ।

हिजाकोे दिनको स्मरण गर्ने हो भने कंञ्नपुरकी अबोध बालिका निर्मला पन्तको बलात्कार पछि गरिएको निर्मम हत्या प्रकरणमा जसरी देश तथा विदेशका सम्पूर्ण नेपालीहरू एक भएर न्यायका लागि आवाज उठाएका थिए । सड़क देखी सदनसम्म मात्र नभई बिश्वव्यापी रुपमा निर्मलाको न्यायको निमित्त विदेशमा रहेका नेपाली समुदाय तथा संघसंस्थाहरूले समेत नेपाल सरकारलाई यथाशीघ्र दोषी र घटनाको सत्यतथ्य पत्ता लगाई कड़ा भन्दा कड़ा सजाय दिलाउन आग्रह गरेका थिए । निर्मलाको परिवारलाई न्याय दिलाऊन विदेशस्थित दूतावासमा ज्ञापनपत्र बुझाउदैं आफनो तर्फबाट सक्दो प्रयास गरेको यथार्थ हामी सामू ताजा नै छ ।

तर जसरी निर्मलाको न्यायको लागी महिनौसम्म सड़कमा उर्लेको जनदवाब, नेपाली जनसागर, मानव अधिकारबादीहरूको आवाज, राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा उठेका आवाजसँगै सदन तथा संसदमा चर्केको तातो बहसकाबीच पनि आजको दिनसम्म न दोषि नै पत्ता लगाउन सकिएको छ । न त निर्मलाको परिवारले न्यायको अनुभूति नै पाउन सकेका छन । तर, न्यायका लागि नेपाली जनसमुदायको एकताको रुप भने उक्त घटनाले देखाएको थियो ।

त्यसको ठिक विपरित जाजरकोट घटनाको विरुद्धमा भने खासै आवाज उठन नसकेको जस्तो महसुस भएको छ । जाजरकोटमा सिंगो गाऊँ समाजले नै राक्षसी स्वरुप धारण गरी आधा दर्जन युवाहरूलाई अनाहकमा दर्दनाक तरिकाले ज्यान लिंदै मच्चाईएको ताण्डवको विरुद्धमा एकवद्ध आवाज उठन नसक्नु दुर्भाग्य हो ।

खोई त दोषीलाई कड़ाभन्दा कड़ा सजायको माग हुनूपर्ने आवाज बुलन्दरुपमा उठेको ?

कहा गए दलितका नाम बेची डलर कमाऊन पल्किएका दलित अगुवा नेताहरू ?

कहा बिलिन भए मानव अधिकारकर्मीहरुका अधिकारबादी आवाज ?

खोई हामी देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको न्यायका लागि एकवद्ध आवाज ?

खोई त शिर्षक एउटा अनि समाचार अर्कों बनाई यूट्यूबबाट कमिशन खान सिपालु यूट्यूबें पत्रकारहरूले न्यायको समाचार बनाएको ?

खोई त प्रभावकारी मिडियाहरूले न्याय दिलाउन मद्यत पुग्नेगरी प्रभावकारी समाचार सम्प्रेषण गरेको ?

झिनामसिना खÞबरले रंगिने हाम्रो सामाजिक सञ्जालको भित्ताहरूमा यस्तो कहाली लाग्दो नरसंहारको घटनाविरुद्ध खोई त आवाज ?

घटनालाई शिथिल बनाऊने या दोषीलाई बचाऊने जूनसुकै राजनीतिक रंग या पक्ष लागेपनि यस बिषम परिस्थितिमा पून : हामी सम्पूर्ण नेपालीले एकजुट भई एकसाथ आवाज उठाउनु आवश्यक छ ।नवराज र उनका साथीहरुको मृतआत्माको चीरशान्तिको कामनासहित दोषीलाई सजाय र पीड़ितलाई न्याय दिलाऊन नेपाल सरकारलाई साऊदीको मरुभूमिबाट विनम्र अनुरोध गर्दछु ।

यासमिन बैगम शैयद
गैरआवासीय नेपाली संघ (एनआरएनए)
केन्द्रीय सदस्य

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *