कोरोना त्रास : सुरक्षासँगै अर्थतन्त्र र रोजगारी जोगाउने चुनौती

news-details

विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा हालसम्म नफैलिए पनि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा भने देखिन थालिसकेको छ ।

सार्क मुलुकमा पनि कोरोना भाइरस तिब्र गतिमा फैलन थालेपछि सरकारले यसलाई भित्रन नदिन तथा यसको नियणत्रणका लागि विभिन्न निर्णयहरु गरिरहेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले गत बुधबार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन आग्रह गर्दै १५ बुदे निर्णय गरेको छ भने थप निर्णय गर्दै जाने बताएको छ ।

समितिले स्कुल, कलेज, फिल्म हल, डान्स बार, जिम, रंगशाला, खेलस्थल, म्युजियम, स्विमिङ्ग पुल आदि बन्द गर्ने निर्णय गरेको छ भने सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने देखि कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरस संक्रमण फैलन सक्ने उच्च जोखिमयुक्त देशको सुचिमा सुचिकृत गरेको छ । विश्वका १६३ भन्दा बढी मुलुकमा फैलिइसकेको यो संक्रमणको त्रास नेपालमा पनि उत्तिकै छ । जसका कारण सुरक्षाको विषयलाई लिएर चिन्ता त थपेको छ नै पछिल्लो समय अर्थतन्त्र, रोजगारी र सामान्य दैनिकी नै प्रभावित बन्न पुगेको छ ।

विश्व बैंक, आईएमएफ र ओईसीडीजस्ता विश्वव्यापी एजेन्सीहरूले कोरोना संक्रमणका कारण विश्वव्यापी आर्थिक मन्दी निम्तने चेतावनी दिदै गर्दा यसको प्रभाव विश्व आर्थिक बजारमा देखिन सुरु भैसकेको छ । जुन प्रभाव रेमिट्यान्स र विदेशी मुलुकप्रति परनिर्भर नेपालको अर्थव्यवस्थामा नपर्ने कुरै भएन ।

नेपाली अर्थतन्त्रको खम्बाकारुपमा रहेको पर्यटन र बैदेशिक रोजगारीको क्षेत्र ठप्प हुदा यसले तत्काल सामान्य असर पु¥याए जस्तो मात्र देखिए पनि भोलीका दिनमा भयाभह स्थिती निम्त्याउन सक्ने खतरा बढेको अर्थविदहरुले चेतावनी दिदै आएका छन ।

नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुक खाडी तथा मलेसिया अहिले पूर्णरुपमा लकडाउन जस्तै भएका छन । आवतजावत रोकिदा र रोजगारीका नयाँ माग बन्द हुदा वैदेशिक रोजगारीको क्षेत्र अस्तव्यस्थ बनेको छ । यता नेपाल सरकारले पनि तत्कालका लागि वैदेशिक रोजगारीका लागि दिइने सम्पूर्ण श्रम स्वीकृति स्थगन गर्दा विदेशिने नेपाली ठप्प भएका छन ।

जसका कारण अहिले अधिकांश मेनपावर कम्पनीका ढोकामा ताला लागिसकेका छन भने भिसा लागिसकेकाहरु र विदामा घर आएकाहरु कार्यस्थल जानबाट बञ्चित हुदा उनीहरुको रोजगारी गुम्ने खतरा पनि बढेको छ । विदेशीने नेपाली प्रभावित हुदा यसको ठुलो प्रभाव मुलुक भित्रदै आएको रेमिट्यान्समा पनि देखिन थालेको छ ।

वैदेशिक रोजगारी र पर्यटन आगमन ठप्प हुदा सबैभन्दा ठुलो मार हवाइ उडान क्षेत्रमा पनि देखिएको छ । त्रिभुवन विमानस्थलमा हुने दैनिक उडान र अवतरण झण्डै आधाले कटौती भएका छन भने भएका उडान पनि यात्रु नहुदा प्रभावित छन । जसका कारण ट्राभल एजेन्शी, होटल तथा रेष्टुरेण्टलगायतका व्यवसाय अहिले ठुलो मारमा छन । जनजिवन नै प्रभावित भैरहदा उद्योगी व्यवसायीहरु आत्तिन थालिसकेका छन र सरकारलाई विशेष राहतको प्याकेज ल्याउन आग्रह गरीरहेका छन ।

उता बजारमा मौकाको फाइदा लिदै व्यापारीहरुले कृतिम अभाव सिर्जना गर्दा उपभोक्ताहरु चर्को मारमा परिरहेका छन । सरकारले अत्यावश्यक सामाग्रीहरुको कुनै अभाव नहुने र यस कार्यमा संलग्न जोकोहीलाई कडा कारवाही गर्ने भनिरहदा पनि यस कार्यमा कुनै कमि आउन सकेको छैन ।

विश्वनै तरंगित बनिरहदा र छिमेकी मुलुकहरुलाई समेत कोरोना संक्रमणले आच्छु आच्छु पारिरहदा नेपाल भने अहिलेसम्म अपवाद झै बनिरहेको छ । तथापी यसको संकट टरिनसकेको हुदा कोरोना भित्रन नदिन र यसको नियणत्रणका लागि सरकारले चालेका कदमलाई सबैले साथ दिन जरुरी छ ।

उता सरकारले पनि अहिले नेपाली अर्थतन्त्र तथा रोजगारीको क्षेत्रमा परेको प्रभावलाई गम्भिरतापूर्वक लिएर त्यही अनुसारको नीति अवलम्बन गर्न ढिलाई गर्न हुदैन । अन्यथा भोली कोरोना संक्रमणको डर त अन्त्य होला तर यसले पारेको प्रभावले देश नै डामाडोल नहोला भन्न सकिन्न ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *