क्वालालम्पुरको होटल ग्रान्ड कन्टिनेन्टलको हल नेपाली रंग, पहिरन र गीत–संगीतले भरिएको थियो। लुगा, गहना र रातो पहिरनमा सजिएका दिदीबहिनीहरू नाच्दै–गाउँदै आफ्नै मातृभूमिको वातावरणमा रमाइरहेका थिए। हजुरबुबा–हजुरआमाको मुखमा सुनिएका तिजका कथा, गाउँघरमा मनाइने सामूहिक नृत्य र आधुनिक तीज गीतलाई प्रवासमै फेरि जिवन्त पारिएको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले आयोजना गरेको यो तिज विशेष कार्यक्रममा करिब तीन सय नेपालीको उपस्थिति थियो। अध्यक्ष राकेश कुमार महतोको अगुवाइमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंह प्रमुख अतिथि थिए भने एनआरएनएका एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई विशेष अतिथिका रुपमा सहभागी थिए । नेपाली दूतावासका प्रतिनिधि, व्यवसायी, कामदारदेखि विद्यार्थीसम्म एउटै छानामुनि भेला भएर संस्कृतिको एकरुपता प्रदर्शन गरेका थिए।

क्वालालम्पुरमा हरितालिका तिजको उल्लास : एनआरएन मलेसियाको भव्य कार्यक्रम

कार्यक्रमको विशेष क्षणमा भने विभिन्न सहयोगीहरुलाई सम्मान गरिएको थियो। प्रवासमै आफ्नो संस्कृतिलाई बचाइराखेको देख्दा निकै भावुक भएको प्रमुख अतिथि सिंहले बताएका थिए – “देशभन्दा टाढा भएर पनि हाम्रो संस्कृति हृदयमै जोगिएको रहेछ, यो सम्मान त्यसैको प्रतीक हो।”

संगीतमा झुमाउने माहोल बनाउन चर्चित गायिका अञ्जली रेग्मीले नेपाली गीत प्रस्तुत गरिन्। उनका गीत सुन्दा धेरैका आँखामा आमा–बुबाको सम्झना, गाउँघरको चटारो र दशैं–तिहारसँगै तिजको उल्लास झल्किएको थियो।

क्वालालम्पुरमा हरितालिका तिजको उल्लास : एनआरएन मलेसियाको भव्य कार्यक्रम

सांगीतिक प्रस्तुतिबाट सुरु भएको रमाइलो रात सांस्कृतिक एकतालाई पुनः स्मरण गराउँदै टुंगिएको थियो। सहभागीहरूको एउटै भावना थियो – “देश टाढा भए पनि हाम्रो संस्कृतिको धड्कन यतै छ, हामी जहाँ भए पनि तिज हाम्रो आत्मासँग गाँसिएको चाड हो।”

यो कार्यक्रमले फेरि एकपटक देखायो – संस्कृतिको जरालाई प्रवासले कहिल्यै कमजोर बनाउन सक्दैन। बरु, विदेशमै मनाइएका यस्ता पर्वहरूले नेपालीपनलाई अझ गहिरो बनाउन मद्दत गर्छन्।

क्वालालम्पुरमा हरितालिका तिजको उल्लास : एनआरएन मलेसियाको भव्य कार्यक्रमक्वालालम्पुरमा हरितालिका तिजको उल्लास : एनआरएन मलेसियाको भव्य कार्यक्रमक्वालालम्पुरमा हरितालिका तिजको उल्लास : एनआरएन मलेसियाको भव्य कार्यक्रमक्वालालम्पुरमा हरितालिका तिजको उल्लास : एनआरएन मलेसियाको भव्य कार्यक्रम