गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) जापानको सदस्यमा सुरेन्द्र गिरी (रोहन)ले सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी जुलाई २७ मा हुन लागेको एनआरएनए जापानको निर्वाचनमा गिरीले आफ्ना प्रतिवद्धतासहित सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
जापानमा विभिन्न पेशा–व्यवसायमा रहेका तथा अध्ययनका लागि आएका नेपालीहरुको समस्या समाधान र हकहितका लागि प्रतिवद्ध भएर लाग्ने बताउदै गिरीले भनेका छन ‘एनआरएनए जापानको गरिमा थप उच्च बनाउन, संस्थामा युवाहरुको सहभागिता बढाउन, सबै क्षेत्र र पृष्ठभूमिबाट आएका एनआरएनहरूको सहभागिता सुनिश्चित गर्ने, पारदर्शिता र जवाफदेही नेतृत्व कायम गर्ने, भाषा, संस्कृति र पहिचान संरक्षणमा क्रियाशील रहने तथा आपतकालीन अवस्थामा सहयोगी सेवा प्रवाह गर्ने कामलाई उच्च प्राथमिकता दिनेछु ।
संस्थालाई अझ समावेशी, उत्तरदायी र समुदाय–केन्द्रित बनाउन सम्वाद, सहकार्य र विश्वासको संस्कृति विकासका लागिपर्ने बताउदै गिरीले भने ‘म कुनै पदको लागि होइन, समुदायको आवाज, चाहना र आवश्यकताको प्रतिनिधित्व गर्न उम्मेदवार बनेको हुँ ।’
यसअघि एनआरएनए जापानको गुन्मा क्षेत्रीय समितिको सह–कोषाध्यक्षको जिम्मेवारी निभाइसकेका गिरीले नेपाली समाज जापान (नेसाज)को केन्द्रिय सदस्य भएर काम गरिसकेका छन भने काभ्रेली समाज जापानमा स्थापना कालदेखि सक्रिय छन ।
जापानमा शैक्षिक, सामाजिक तथा संस्थागत क्षेत्रमा लामो समयदेखि सक्रिय गिरीको उम्मेदवारीलाई समुदायका अग्रज, बुद्धिजीवी, युवा तथा विभिन्न संस्थागत नेतृत्वले खुलेर समर्थन गरेका छन्।
सन् २०१२ मा अध्ययनको शिलशिलामा जापान प्रवेश गरेका काभ्रे चौरीदेउरालीका गिरीले जापानबाट नै विश्वविद्यालय तहको अध्ययन पुरा गरेका छन् । हाल उनी होटल व्यवसायी हुन् ।








