गैरआवासीय नेपाली संघ (एनआरएनए( राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दसौँ राष्ट्रिय महाधिवेशनले आगामी दुई वर्षका लागि उमेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

एनआरएनए साउदी अरवकी अध्यक्ष रविना अर्यालको सभापतित्वमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको हो । निर्वाचन समिति संयोजक रामबहादुर क्षेत्रीले २०२५–२०२७ कार्यकालका लागि सम्पूर्ण कार्यसमिति र केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका थिए।

नव निर्वाचित कार्यसमिति

अध्यक्षः उमेश भट्टराई

वरिष्ठ उपाध्यक्षः हेम सुवेदी

उपाध्यक्षहरूः राजकुमार गिरी, मनिष कोईराला, अर्जुन थापा, विष्णुप्रसाद भण्डारी

महासचिवः शुक्र लामा

सचिवः ध्रुव कटुवाल

कोषाध्यक्षः योगेन्द्र बहादुर श्रेष्ठ

सह(कोषाध्यक्षः संजोग पाण्डे

युवा संयोजकः पदम महता

महिला संयोजकः लक्ष्मी थापा मगर

निर्वाचित केन्द्रीय सदस्यहरू: महेश घिमिरे, युवराज पोखरेल, खिलेन्द्र कन्दवा, भीम कार्की, पूर्ण बहादुर सुनार, रमेश सिंह खत्री र हरी प्रसाद बिष्ट

आईसीसी सदस्य:  रविना अर्याल, रामबहादुर लामा र अमृत बहादुर घिसिङ

एनआरएनए साउदी अरव दसौँ राष्ट्रिय महाधिवेशन : उमेश भट्टराई अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित

 

महाधिवेशनमा नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकाल प्रमुख अतिथि रहनुभएको थियो। साथै द्वितीय सचिव अमर बहादुर नेपाली, तृतीय सचिव दिनेश सिवाकोटी, पर्यटन दूत राजेन्द्र अर्याल लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको आकर्षणका रूपमा चर्चित सेलो गायिका जितु लोप्चनको सांगीतिक प्रस्तुति रहेको थियो। साथै साउदी अरबका विभिन्न शहरहरूबाट सयौँको संख्यामा एनआरएनएका पदाधिकारी, सदस्य, समाजसेवी र कलाकारहरूको उपस्थिति रहेको थियो।

महासचिव शुक्र लामाले प्रस्तुत गरेको कार्य प्रगति विवरण अनुसार गत कार्यकालमा ३७ राहदानी सिविर र २ स्वास्थ्य सिविर संचालन गरिएको थियो। यसमार्फत ५७ हजार ४१८ भन्दा बढी नेपाली श्रमिकहरू लाभान्वित भएका थिए। साथै, नेरू २४ लाख ८९ हजारभन्दा बढी राहत तथा आर्थिक सहयोग प्रदान गरिएको विवरण प्रस्तुत गरिएको थियो।

कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघले २ वर्षको अवधिमा ५१,६३० खर्च गरी राहदानी सिविरहरू सञ्चालन गरेको जानकारी दिनुभयो। कुल कारोबार ३१३,६४७ भएको सो प्रतिवेदन अधिवेशनबाट सर्वसम्मत पारित भएको हो।

नव निर्वाचित अध्यक्ष उमेश भट्टराईले आफ्नो सम्बोधनमा अधूरा कामहरूलाई निरन्तरता दिँदै संघको कार्यदिशा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। निवर्तमान अध्यक्ष रविना अर्यालले कार्यकालभर साथ दिने सबैप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रममा नेपाली दूतावासका तर्फबाट प्रमुख अतिथि डा. ढकालले श्रमिक हितमा एनआरएनए साउदीको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै दूतावासको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।