गैरआवासीय नेपाली संघ (एनआरएनए) वेष्टर्न अष्ट्रेलियामा सुनिल श्रेष्ठको ‘टिम समावेशी’ निकै लोकप्रिय बनिरहेको छ ।
सबै पक्षलाई समेटेर निमार्ण भएको टिम समावेशीको नेतृत्व सुनिल श्रेष्ठले लिएका छन् । समावेशी टिमले एकता, परिवर्तन र प्रगतिका पक्षमा मतदान गर्न आग्रह गरेको छ । एनआरएनए वेष्टर्न अष्ट्रेलियाको नेतृत्वमा ठोस कार्य, प्रतिबद्धता र समावेशी दृष्टिकोण आवश्यक छ, जसका लागि समावेशी टिम निरन्तर मैदानमा रहेको छ ।
संयोजक पदका उम्मेदवार सुनिल श्रेष्ठ नेतृत्वमा नारा मात्र होइन, परिणाम ल्याउने सोचसहित अगाडि बढ्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताउँछन् । समावेशी प्रतिनिधित्व, उत्तरदायित्व र सबैको आवाज सुनिने सुनिश्चितता टोलीको मुख्य प्राथमिकता रहेको संयोजकका उम्मेदवार श्रेष्ठको भनाई छ ।
आगामी जुलाई २६ तारिख अनलाइन मार्फत अष्ट्रेलियाभर निर्वाचन हुँदैछ । वेष्टर्न अष्ट्रेलियाबाट नै एनसीसीमा भैरव ढकालले उम्मेदवारी दिएका छन् ।
मतदानमार्फत प्रवासी नेपालीहरूको अधिकार, हित र भविष्य सुनिश्चित गर्ने बाटो खोलिने भन्दै टोलीले सम्पूर्ण मतदातालाई मतदानमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गरेको छ ।

एनआरएनए अभियानमा आफ्नो अनुभव, आत्मविश्वास र नेपाली समुदायका लागि निस्वार्थ काम गर्ने महत्वकांक्षा भएका कारण आगामी कार्यकालका लागि श्रेष्ठले एनआरएनए वेष्टर्न अष्ट्रेलिया संयोजकमा उम्मेदवारी दिएर मतदाताको मन जितिरहेका छन् ।
संयोजकका उम्मेदवार श्रेष्ठ भन्छन्–‘ चाहेर पनि सबै माझ पुग्न सकिएको छैन तर सबैको मनमा बसेका छौ, जुलाई २६ को दिन चै मतदान गर्न नविर्सनुहोस् ।’
एनआरएनएमा निरन्तर समर्पण र सहयात्रा गर्दै नेपाली समुदायमा सक्रिय योगदानबाट प्रेरित भएर सबै नेपालीको हित संरक्षण गर्न अग्रजको सल्लाह र आग्रहमा वेष्र्टन अष्ट्रेलियाको नेतृत्व गर्न अगाडि बढेको श्रेष्ठकोे भनाई छ ।
सन् २००९ देखि नै एनआरएनएको साधारण सदस्य लिएका श्रेष्ठ सन् २०१९ देखि एनआरएनएमा सक्रिय रूपमा संलग्न रहेका छन् । एनआरएनए वेष्टर्न अष्ट्रेलिया कार्यकारी सदस्य (२०१९–२०२१), उपसंयोजक (२०२१–२०२३), र हाल एनसीसी सदस्य (२०२३–२०२५) को रूपमा जिम्मेवारी निर्वाह गरिसकेका श्रेष्ठ वेष्टर्न अष्ट्रेलियामा परिचित र सबैको रोजाईमा पर्ने व्यक्ति हुन् ।
पश्चिम अष्ट्रेलियाली नेपाली समुदायको आवश्यकता, चुनौती र आकांक्षाहरूको गहन बुझाई रहेकाले आफ्नो उम्मेदवारीले नेपाली समुदायलाई एकताबद्ध, समावेशी र सशक्त बनाउने श्रेष्ठको बुझाई छ ।
सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया प्रवेश गरेका श्रेष्ठले अष्ट्रेलियालाई नै कर्मथलो बनाइरहका छन् । पर्थको वेलआर्टमा हस्पिटालिटी क्षेत्रमा व्यवसाय गरिरहेका श्रेष्ठको अष्ट्रेलिया सरकारसँग राम्रो सम्बन्ध र सहकार्य रहेको छ ।
उनी भन्छन्–‘एनआरएनए मलाई सबै प्यारो लाग्ने संस्था हो । नेपाली समुदायलाई सहयोग गर्न देखि नेपालमा हरेक प्रकारको सहयोग गर्नका लागि एनआरएनएबाट धेरै काम भएका छन् । मैले अष्ट्रेलिया सरकारसँग समन्वय गरेर नेपाली समुदायका लागि धेरै सहयोग जुटाउन सफल भएको छु र भोलिका दिन अझ धेरै गर्न सकिन्छ ।’









