गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनमा ओलीले ६९५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए।

खुला उपाध्यक्षतर्फ अविषेक बोगटी र बल बहादुर क्षेत्री, महासचिवमा प्रविन बराल, सचिवमा विकास पण्डित, कोषाध्यक्षमा अमृत कुमार तामाङ र सहकोषाध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित भएका छन । यस्तै, युवा उपसंयोजक पदमा उज्ज्वल खड्का, कार्यसमिति सदस्यमा ज्योत्सना अधिकारी, मन कुमार राई, रेजिन कार्की, सतीश पराजुली र विवेक रिमाल विजयी भए।

यस्तै, आइसीसी सदस्यमा प्रकाश सापकोटा निर्वाचित भएका छन ।

भेरो प्रविधिमार्फत सम्पन्न निर्वाचनको नतिजा निर्वाचन आयुक्त शुक्रराज न्यौपानेले सार्वजनिक गरेका थिए।