गैरआवासीय नेपाली संघ )एनआरएनए) साउथ सुडानको तेस्रो महाधिवेशनले रामप्रसाद पाध्याको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। विगत १० वर्षदेखि निष्क्रिय अवस्थामा रहेको एनसीसी साउथ सुडानको पुनर्गठन गर्दै २०२५–२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।

महाधिवेशन भर्चुअल र भौतिक माध्यमबाट सम्पन्न भएको थियो। एनआरएनए आइसीसी अध्यक्ष डा. बद्री केसीले संघको केन्द्रीय सचिवालय, वालुवाटारमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पाध्यालाई खादा र माला लगाएर बधाई दिए। अध्यक्ष केसीले भने, ‘हामी धेरै खुसी भएकाछौं, १० बर्षदेखि निष्क्रिय एनसीसी पुनः सक्रिय भएको छ। नयाँ नेतृत्वले संघको मर्म र विधानअनुसार कार्य गर्दै सबैलाई समेटेर अघि बढ्नेछ भन्ने अपेक्षा गरेका छौं।’

नवनिर्वाचित अध्यक्ष पाध्याले पुनः एनआरएनए साउथ सुडानलाई जीवन्त बनाउन सफल भएको भन्दै सहयोगी सबैलाई आभार प्रकट गरे। उनले भने, “सन् २०१२ मा स्थापना भएपनि विभिन्न कारणले दुई कार्यकालपछि निष्क्रिय रह्यो, अहिले हामी नयाँ उर्जासहित सशक्त, प्रतिबद्ध र लक्ष्यप्रति स्पष्ट छौ। हामीले एनआरएनएको मूल उद्देश्य अनुसार साउथ सुडानमा रहेका सबै नेपालीलाई समेट्दै एकताबद्ध सेवा गर्ने लक्ष्य लिएका छौं।”

एनआरएनए साउथ सुडानमा रामप्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

उनले अफ्रिकाभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समेट्ने घोषणा गर्दै त्यसमार्फत प्रवासी नेपालीको डाटाबेस निर्माण र आपसी सहकार्य सुदृढ बनाउने प्रतिवद्धता जनाए।

कार्यक्रममा महासचिव बलराम दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने प्रकाश राज भण्डारीले स्वागत मन्तव्यसहित निर्वाचित कार्यसमिति घोषणा र सपथ ग्रहण गराएका थिए ।

नवगठित कार्यसमिति (२०२५–२०२७)

अध्यक्ष: रामप्रसाद पाध्या

उपाध्यक्ष : ईश्वर प्रसाद सिग्देल, रुक्मागत उपाध्याय

महासचिव: बलराम दाहाल

सचिव : रमेश बहादुर खत्री

कोषाध्यक्ष: आनन्द बाबु श्रेष्ठ

प्रवक्ता: राजदीप गुरुङ

युवा संयोजक: हीरा सिंह पौडेल क्षेत्री

सदस्यहरू:
प्रकाश राज भण्डारी, रामेन्द्र प्रसाद यादव, विक्रम रवि राना, बेद बहादुर चौधरी, लक्ष्मी प्रसाद ओख्रावु, तिलक रोका,  मनबहादुर सार्की, कृष्णबहादुर नेपाली।

आइसीसी सदस्य : बाबुराम गौतम (प्रस्तावित)