गैरआवासीय नेपाली संघको थाइल्याण्डमा जारी दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा पाल्पाकी ओजस्वी आचार्य एनआरएनए ब्राण्ड एम्बासडर घोषित भएकी छिन् ।

पाल्पास्थित दमकडा नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आचार्य एनआरएनएद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताकी अतिथी वक्ता समेत हुन् । सानै उमेरमा विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँग जोड्न योगदान गरेको भन्दै संघको तर्फबाट अध्यक्ष डा केसीले युवा सम्मेलनमा नै आचार्यलाई एनआरएनए ब्राण्ड एम्बासडर घोषणा गरेका हुन् ।

त्यसै गरी एनआरएनएको प्रस्तावमा दुई जना नेपालीलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर प्रदान गर्ने गरी समझदारीमा हस्ताक्षर भएको छ । थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका अवसरमा एसियन इन्टरनेशनल युर्निभर्सिटीमा एमबीबीएस अध्ययनको लागि दुई जना नेपालीलाई अवसर प्रदान गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

एनआरएनएको ब्राण्ड एम्बासडर वनिन् ओजस्वी आचार्य, दुई जना नेपालीलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर एनआरएनएले दिने

संघका तर्फबाट अध्यक्ष डा बद्री केसी र युर्निभसिर्टीका तर्फबाट रेक्टर एस एस देखकानोयले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो अवसरका लागि एनसीसी किर्गिस्तानका अध्यक्ष किसान भण्डारीले समन्वयकारी भूमिका खेलेका थिए । उनकै पहलमा एनआरएनए र युर्निभसिटीबीच यस महत्वपूर्ण विषयमा एमओयू भएको हो ।

सम्मेलनमा भाग लिन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरू डा. हेम राज शर्मा, रामशरण सिमखडा लगायत संघको पदाधिकारी तथा सदस्यहरु थाइल्याण्ड पुगेका छन् । आइतबार बैकक घोषणापत्र गर्दै समापन हुँदैछ ।

एनआरएनएको ब्राण्ड एम्बासडर वनिन् ओजस्वी आचार्य, दुई जना नेपालीलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर एनआरएनएले दिने