गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सदस्य तथा पर्थका सफल व्यवसायी सुनिल श्रेष्ठले दोलखाका पहिरोपीडित बालकलाई आर्थिक सहयोग गरेका छन् ।
श्रेष्ठ नेपाल आएको अवसरमा दोलखा पुगेर गत असोज १२ गते भीमेश्वर नगरपालिका ६ सिमपानीको पहिरोमा परि बाँच्न सफल भएका दुई वर्षको साहिल भुजेललाई आर्थिक सहयोग गरेका हुन् ।
एनआरएनए श्रेष्ठ र अष्ट्रेलियन बौद्ध भिक्षु छोला जाम्पाद्वारा भिमेश्वर नगरपालिका ६का वडा अध्यक्षको रोहबरमा पीडित बालकको हजुरआमालाई १५ हजार हस्तान्तरण गरेका छन् ।
बालकको भोलिका दिनमा आवश्यक परेमा शिक्षा दिक्षा तथा लालनपालनका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता एनआरएन श्रेष्ठले जनाएका छन् । आफ्नो जन्म जिल्ला पुगेका श्रेष्ठले विभिन्न संघ संस्था एवं व्यक्तिहरूलाई आर्थिक एवं मानवीय सहयोग गर्दै आएका छन् ।








