गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भर्खरै आएको विनाशकारी बाढीपहिरोबाट पीडित बनेकाहरुका लागि राहत बोकेर वितरणका लागि निस्केको छ ।

नेपालमा दुःख पर्दा वा समस्या आइलाग्दा आर्थिक, भौतिक सहयोगका लागि एनआरएनहरु एक कदम अगाडि नै हुने गर्दछन् ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसी सहितको टोलीले आइतवार दक्षिणकाली नगरपालिका क्षेत्रमा ५० परिवारलाई राहत वितरण गरेको छ ।
संघले बाढिबाट प्रभावित ५० परिवारलाई करिब एक महिना पुग्ने खाध्य सामाग्री, लत्ता कपडा सहित टेन्ट वितरण गरेको संघकी उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिइन् ।

दुःखमा एनआरएनए : बाढिपीडितलाई राहत वितरणमा पुग्यो दक्षिणकाली र सिस्नेरी

त्यसैगरी संघले आइतबार नै इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका ७० परिवारलाई खाद्य सामाग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किट लगायतका सामाग्रीहरु वितरण गरेको छ । स्थानीय तहसँग समन्वय पश्चात दुवै जिल्लाका अति प्रभावित स्थानमा राहत वितरण गरिएको उपाध्यक्ष रोजिनाको भनाई छ ।

दुःखमा एनआरएनए : बाढिपीडितलाई राहत वितरणमा पुग्यो दक्षिणकाली र सिस्नेरी

उनले रोजगार मञ्चलाई भनिन्–‘ एनआरएनएका अध्यक्षसहित काठमाडौं उपलब्ध एनआरएन साथीहरुले दक्षिणकाली नगरपालिकाका ५० र सिस्नेरीका ७० घरपरिवारलाई राहत वितरण गरेर फर्किएका छौं ।’

एनआरएनएले अध्यक्ष केसीको नेतृत्वमा काठमाडौको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकबाट पहिलो चरणमा राहत वितरण सुरु गर्ने जनाएको थियो । संघले १ करोड बराबरको राहत वितरण गर्ने निर्णय गरेको थियो ।

संघका अध्यक्ष केसीले बाढिपहिरो पीडितका लागि एनआरएनए एनसीसीले आर्थिक संकलन गरिरहेको हुनाले पहिलो चरणमा आइतबार दक्षिणकाली र इन्द्र सरोवर, भोलि काभ्रे जिल्ला र पर्सी ललितपुरका बाढिपहिरो पीडितलाई राहत वितरण गर्ने जानकारी दिए ।

दुःखमा एनआरएनए : बाढिपीडितलाई राहत वितरणमा पुग्यो दक्षिणकाली र सिस्नेरी

अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहाकार अतुल कोइराला, पूर्व डिआरसी धर्मराज गिरी, एनआरएन अभियन्ताहरु, गैरआवासीय नेपाली संघका पूर्व महासचिव रतन झा र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत लगायत रहेका छन ।

दुःखमा एनआरएनए : बाढिपीडितलाई राहत वितरणमा पुग्यो दक्षिणकाली र सिस्नेरी