गैरआवासीय नेपाली संघ आइसीसीले अष्ट्रेलियाको पर्थमा बन्न लागेको नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका लागि १० हजार अष्ट्रेलियन डलर प्रदान गर्ने भएको छ ।

नेपाल फेष्टिवलमा सहभागी हुन पर्थ पुगेका एनआरएनए आइसीसी अध्यक्ष डा. बद्री केसीले नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर बन्न लागेको क्षेत्रको स्थलगत भ्रमण पश्चात सो रकम प्रदान गर्ने जनाएका हुन् ।

नेपाल फेष्टिवलमा सहभागी हुन पर्थ पुगेका एनआरएनए पदाधिकारी तथा अतिथिहरुका लागि राखिएको स्वागत कार्यक्रममा अध्यक्ष डा. केसीले भने–‘ एनआरएनए आइसीसीले अहिलेसम्म यस्तो कार्यका लागि सहयोग नगरेता पनि पहिलो पटक पवित्र उदेश्यको प्रोजेक्टका लागि १० हजार डलर दिने घोषणा गर्दछु, जुन आइसीसीको बैठकमा राखेर स्वीकृत गर्नेछु।’

अध्यक्ष केसीले नेपाल बाहिर नेपाली कलासंस्कृति र धर्म जोगाउनका लागि बन्न लागेको मन्दिर र कम्युनिटी सेन्टरमा स्थानीय सरकारको पनि सहयोग दिन र सबैको अपनत्व दिलाउनका लागि आग्रह गरे । उनले यस्तो कार्यका लागि एनआरएनएले क्राउड फण्डको अभियान चाल्न सकिनेसमेत जनाए । अध्यक्ष केसीले नेपाल फेष्टिवल सफलतापुर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिदै एनआरएनएले यस्ता कार्यक्रम विश्वभर गर्दै आएको जनाए ।

एनआरएनए आसियाना क्षेत्रिय संयोजक दिनेश पोखरेलले पर्थमा नेपाल फेष्टिवल भव्यरुपमा सम्पन्न गरेकोमा पर्थवासीलाई धन्यवाद दिदै निर्माण हुन लागेको नेपाली मन्दिरका लागि सबैको सहयोग रहने प्रतिवद्धता जनाउँदै आफु पनि सदस्य बन्ने बताए ।

एनआरएनएले पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका लागि १० हजार डलर दिने

एनआरएनए एनसीसी अध्यक्ष अनिल पोखरेलले एनसीसीसँग अष्ट्रेलियामा हुने यस्ता कार्यका लागि केही फण्ड भएको जानकारी दिदै उनले पनि मन्दिरको सदस्य बन्ने प्रतिवद्धता जनाए ।

मन्दिर निमार्ण हुने स्थलको भ्रमणका लागि एनआरएनए उपाध्यक्ष विनोद श्रेष्ठ, महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टिका गुरुङ, आइसीसी विधान समितका संयोजक भवानी ओली,आइसीसी तथा एनसीसीका पदाधिकारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

एनआरएनएले पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका लागि १० हजार डलर दिने
एनआरएनएले पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका लागि १० हजार डलर दिने

नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका अध्यक्ष विनोद दाहालले पशुपति नाथको मन्दिर र बौद्धनाथ मन्दिरका साथै कम्युनिटी सेन्टर निमार्णका लागि जग्गा खरिद गरिसकेको जानकारी दिदै अव आर्थिक संकलन गरेर भवन निमार्णको कार्य थाल्ने जानकारी दिए ।

कार्यक्रममा नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका उपाध्यक्ष विष्णुकुमार श्रेष्ठ र सचिव भरत निउँरेले आर्थिक संकलनका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

सो अवसरमा एनआरएनए आइसीसी सल्लाकार भैरव ढकाल, एनआरएनए बेष्र्टन अष्ट्रेलियाका संयोजक शेखर घिमिरे, एनआरएनए बेष्र्टन अष्ट्रेलियाका पुर्व संयोजक कृष्णमान श्रेष्ठ, यम केसी, दिपेन्द्र चौधरीलगायत स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो ।

एनआरएनए आइसीसीको सोमवार बसेको बैठकले नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पर्थका लागि १० हजार अष्ट्रेलियन डलर दिने निर्णय गरेको जानकारी अध्यक्ष डा. केसीले दिएका छन् ।

एनआरएनएले पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका लागि १० हजार डलर दिने