गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलिया (पर्थ)को आयोजनामा सेप्टेम्बर १४ तारिख शनिवार हुन गैरहेको नेपाल फेस्टिवल पर्थमा सहभागीता जनाउन विश्वका विभिन्न देशबाट एनआरएनए अगुवाहरु, कलाकार तथा संचारकर्मीहरु पर्थ पुगिसकेका छन ।

फेस्टिबलमा सहभागिता जनाउन एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङलगायत अष्ट्रेलियामै रहेका आइसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए विधान संशोधन समितिका संयोजक भवानी ओलीलगायत एनआरएनए अष्ट्रेलियाका राज्यका प्रतिनिधीहरु पर्थमा पुगिसकेका हुन ।

‘नेपाल फेस्टिबल पर्थ’को पूर्वसन्ध्यामा गाला डिनर, एनआरएनएका अगुवा नेतादेखि कलाकारहरु ओर्लिए पर्थ

यस्तै फेस्टिबलमा सांगितिक प्रस्तुतिका लागि आमन्त्रण गरिएका चर्चित गायिका आस्था राउत, गायक बद्री पङ्गेनी तथा एक्स ब्यान्ड पनि पर्थ आइपुगेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार नेपालबाट आमन्त्रण गरिएका कलाकारसहित फेस्टिबलमा स्थानीय कलाकारले पनि आ–आफ्नो प्रस्तुति दिने छन् ।

‘नेपाल फेस्टिबल पर्थ’को पूर्वसन्ध्यामा गाला डिनर, एनआरएनएका अगुवा नेतादेखि कलाकारहरु ओर्लिए पर्थ

नेपाल फेस्टिबल पर्थको पूर्वसन्ध्यामा आज पर्थ पुगेका अतिथिहरुको स्वागतका लागि गाला डिनरको आयोजना गरिएको छ । गाला डिनरमा अष्ट्रेलिया एनएसडब्लुका अनररी काउन्सिलर सन्जीब शर्माकोसमेत उपस्थित रहेको छ । गाला डिनरमा सहभागीता जनाउदै एनआरएनए अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलियाले गरेको नेपाल चिनाउने कामको प्रशंशा गर्दै नेपाल फेस्टिबलको सफलताको शुभकामना दिए ।

‘नेपाल फेस्टिबल पर्थ’को पूर्वसन्ध्यामा गाला डिनर, एनआरएनएका अगुवा नेतादेखि कलाकारहरु ओर्लिए पर्थ

सो अवसरमा अध्यक्ष केसीले एनआरएनएले गरिरहेका कामहरु, एनआरएन नागरिकताको विषय तथा नेपालमा गरिएको लगानीको विषयमा चर्चा गर्दे प्रवासमा रहेका सम्पूर्ण नेपालीको हकहित र सुरक्षाको लागि एनआरएनए प्रतिवद्ध रहेको धारणा राखे ।

‘नेपाल फेस्टिबल पर्थ’को पूर्वसन्ध्यामा गाला डिनर, एनआरएनएका अगुवा नेतादेखि कलाकारहरु ओर्लिए पर्थ

यस्तै गाला डिनर अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले नेपाल फेष्टिवलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै भोली हुने सम्मेलन भब्य र ऐतिहाँसिक हुने अपेक्षा रहेको बताए ।

‘नेपाल फेस्टिबल पर्थ’को पूर्वसन्ध्यामा गाला डिनर, एनआरएनएका अगुवा नेतादेखि कलाकारहरु ओर्लिए पर्थ

पर्थमा आउनु भएका पाहुनालाई एनआरएनएका सल्लाहकार भैरब ढकालले स्वागत गर्दै बसाइँको सफलताको शुभकामना दिए ।

नेपाल फेस्टिवल पर्थको तयारी पुरा, आउँदा विदेशी नागरिक पनि ल्याउन आयोजक घिमिरेको अनुरोध