एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘लगानी शिखर सम्मेलन २०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो । छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली संघको सहकार्य र सहभागितामा केन्द्रित थियो।

सो अवसरमा अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गरे । एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाई थियो ।

छलफलका क्रममा लगानी बोर्डका प्रमुख सुशिल भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरु तथा बिदेशीहरुसंग समन्वय गरेर लगानी सम्मेलनमा प्रभाबकारी सहभागिता जनाउन संघसंग अनुरोध गरे र
विगतमा गैरआवासीय नेपाली संघसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि संघको सहभागिता सक्रिय रुपमा हुने विश्वास व्यक्त गरे ।

छलफलमा अध्यक्ष डा केसीसहित एनआरएनएका प्रमुख कार्यकारी अधिकृत नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई र अधिकृत कुनाल मिश्रको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *