गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नार्गाजुन नगरपालीका, वडा नं. ३ इचंकुनारायणमा अवस्थित स्वास्थ्य चौकीलाई करिब ४ लाख मुल्य बराबरको अक्सिमिटर प्रदान गरेको छ ।

एनआरएनए महिला सचिव राधिका गुरुङ (टिका) र सल्लाहकार तथा नागार्जुन चौतारीका अध्यक्ष टि.बी. कार्कीले एक समारोहकाबीच स्वास्थ्य चौकीकी इन्चार्जलाई उक्त अक्सिमिटर हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा अक्सिमिटर प्रदान गरेकोमा खुसी व्यक्त गर्दै स्वास्थ्यचौकीले अन्य स्वास्थ्य सामाग्री तथा विशेषगरी महिलाहरुको पाठेघर जाच गर्ने अल्ट्रासाउण्ड मेशिन व्यवस्थाका लागि एनआरएनए समक्ष आग्रह गरेको थियो ।

एनआरएनएद्धारा नार्गाजुनको स्वास्थ्यचौकीलाई अक्सिमिटर हस्तान्तरण

एनआरएनए महिला सचिव राधिका गुरुङ (टिका)ले कोभिड महामारीको समयमा आफु एनआरएनए हङकङको अध्यक्ष हुदा आफ्नो पहलमा नेपालका विभिन्न ठाँउमा एनआरएनएको च्यारिटी कार्यक्रममार्फत १३० वटा अक्सिमिटर वितरण गरेको स्मरण गर्दै स्वास्थ्य चौकीको आग्रह अनुसार आगामी दिनमा च्यारिटी कार्यक्रममार्फत सहयोग उपलब्ध गराउने बताइन ।

यस्तै नार्गाजुन नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष उमेश लामाले एनआरएनए र नार्गाजुन चौतारी संस्थासँग मिलेर अझ धेरै काम गर्न आफुहरु इच्छुक रहेको बताउदै यो वडा पर्यटकीय हिसावले धेरै सम्भावना भएको क्षेत्र रहेकाले एनआरएनहरुको लगानी भित्र्नेमा पनि आशावादी रहेको बताए ।

एनआरएनएद्धारा नार्गाजुनको स्वास्थ्यचौकीलाई अक्सिमिटर हस्तान्तरण

संघका सल्लाहकार तथा नार्गाजुन चौतारीका अध्यक्ष टिबी कार्कीले नार्गाजुन चौतारी नार्गाजुन नगरपालिकावासीको साझा संस्था भएको र एनआरएनएसँग मिलेर आगामी दिनमा अझ धेरै काम गर्ने बताउँदै संस्थाको भवन निर्माणका लागि पनि चाडै अभियान थालिने बताए ।

कार्यक्रममा नार्गाजुन चौतारीका उपाध्यक्ष सपना अर्याल बानिया, सल्लाहकाार प्रताप दानी र शिव व. खडका, लेखापरीक्षक रमेश ढकाल तथा सदस्यहरु कोमल अधिकारी, विन्दु सुनाम र स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।