नेपालमा दुतावास खोल्न पोर्चुगलका राजदूतलाई एनआरएनएको आग्रह

news-details

गैरआवासीय नेपाली संघले नेपालमा दूतावास खोल्न पोर्चुगलका राजदूत जोआओ रिबेरो दि अल्मेडालाई आग्रह गरेको छ । संघका अध्यक्ष डा बद्री केसी र नेपालका लागि गैरआवासीय पोर्चुगिस राजदूत अल्मेडाबीच काठमाडौंमा भएको शिष्टचार भेटमा नेपालमा पोर्चुगिस दूतावास स्थापना गर्न र भिएचएफ सेवा सुरु गर्न आग्रह गरिएको हो ।

अध्यक्ष डा. केसीले राजदुत अल्मेडालाई लिखित ध्यानार्कषण पत्र बुझाउँदै भिसा प्रकृयाका लागि नेपालबाट भारतसम्म जानुपर्ने हुँदा बढी खर्चिलो र विभिन्न प्रशासनिक कठिनाई समेत व्यहोर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको समाधानका लागि नेपालमै दूतावास स्थापना गरी काम सुरु गर्न अनुरोध गरिएको हो ।

हाल पोर्चुगलको सम्पूर्ण भिसा प्रक्रिया नेपाल समेत हेर्ने गरी भारतमा रहेको पोर्चुगलको दूतावासबाट हुँदै आएको छ । जसका कारण शैक्षिक भिसादेखि पारिवारिक, भ्रमण लगायतका भिसा प्रक्रियाका सम्पूर्ण काम तथा आवश्यक पर्ने कागजातहरुको प्रमाणीकरण असहज हुने गरेको छ ।

ध्यानकर्षण पत्रमा पारिवारिक पुनर्मिलनको कागजात प्रमाणीकरण गर्न भारतको दिल्ली लगायतका विभिन्न स्थान पुग्नुपर्ने कारणले धेरै झन्झटिलो र खर्चिलो भएकोले उक्त अप्ठ्यारोलाई सम्बोधन गर्दै नेपालबाटै सेवा सुरु गर्न राजदूत समक्ष आग्रह गरिएको छ ।

भेटमा राजदूत अल्मेडाले नेपालीले भोग्नुपरेका समस्यालाई गम्भीरतापूर्वक लिने र छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, काठमाडौंका लागि पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतान र एनआरएनए केन्द्रीय सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत सहभागी थिए ।

यसअघि राजदूत अल्मेडालाई ध्यानर्कण गराउन गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्यद्वय (आइसी सदस्य) राजकुमार थापा, बिनु बस्नेत, अध्यक्ष उमेश खड्का लगायतको टिमले सुझाव दिएको थियो । पोर्चुगलमा हाल झण्डै ५० हजार नेपाली वैधानिक रुपमा बसोबास गर्दै पोर्चुगलको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *