एनआरएनए डब्लुए अष्ट्रेलियाको पहल : ५ सयभन्दा बढिको पासपोर्ट नविकरण

news-details

गैरआवासीय नेपाली संघ डब्लुए अष्ट्रेलियाको पहल तथा सक्रियतामा पश्चिम अष्ट्रेलियामा रहेका नेपालीहरुको पक्षमा प्रत्यक्ष सरोकार राख्ने काम भइरहेका छन् । विगत लामो समयदेखिको आवाजलाई भर्खरै नेपाली पासपोर्ट नविकरणको लागि घुम्ति शिबिर संचालन गरेर एनआरएनए डब्लुएले आफ्नो दरिलो उपस्थिति देखाएको छ ।

गत जुलाईदेखि एनआरएनए डब्लुएको नेतृत्व संहालेका शेखर घिमिरेको टिमले प्रभावकारी र तीब्ररुपमा विभिन्न कार्यक्रमहरु संचालन गरेर पर्थबासी नेपालीहरुको माझमा पस्किरहेको छ ।

एनआरएनए र नेपाली दूतावास क्यानबेराको पहलमा गत फेब्रुअरी २० देखि २८ तारिखसम्म नेपाली पासपोर्ट नविकरणको लागि घुम्ति शिबिर संचालन हुँदा पाँचसय भन्दा बढिले सेवा लिएका छन् ।

पश्चिम अष्ट्रेलियाका सबै क्षेत्रहरुबाट आएका ५ सय ३० जना नेपालीले पासपोर्ट नबिकरणको लागि आवेदन दिएको र विभिन्न परामर्शका लागि सयौ नेपाली दाजुभाईहरुको उपस्थिति रहेको एनआरएनए डब्लुएका संयोजक शेखर घिमिरेले जानकारी दिए ।

एनआरएनए डब्लुए र स्थानीय नेपालीहरुको पटक पटकको पहलमा परराष्ट्र मन्त्रालयबाट नै अधिकृत महेश त्रिपाठी घुम्ति शिविर लिएर पर्थ पुगेका थिए । उनले एनआरएनएको सहयोगमा सेवा प्रवाह गरेका थिए ।

केही समय अगाडि मात्र तत्कालिन परराष्ट्र मन्त्री एनपी साउँद पर्थ पुगेका बेला पर्थवासीले पासपोर्ट नविकरणका लागि सहज वातावरण बनाउनका लागि अनुरोध गरेका थिए । उनीहरुले पासपोर्ट नविकरणका लागि ५ घण्टा उडेर क्यानवेरा वा नेपाल नै पुग्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि आग्रह गरेका थिए ।

एनआरएनए डब्लुएका पदाधिकारीहरु शेखर घिमिरे, महेश लामा, किशोर कुँवर,हरिबंश संजेल, मिम शुभ गुरुङ, मनिष सिग्देल,विरेन्द्र उदास,शिल्पा पोखरेल, बिमु लामा, दीपिका श्रेष्ठ लगायतको टिमले दिनरात खटेर ठुलो संख्यामा आबेदन दिनेहरुको काम गर्न सकिएको जनाइएको छ ।

पर्थका अग्रज तथा एनआरएनए आइसीसीका सल्लाहकार भैरव ढकालले लामो समयको मागपछि घुम्ति शिविर ल्याउन सकिए पनि भोलिका दिनमा अनलाईन सिस्टमबाट नै पासपोर्ट नविकरण गर्न सक्ने व्यववस्था मिलाउन नेपाल सरकार समक्ष अनुरोध गरेका छन् ।

एनआरएनए डब्लुएका पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठले पनि भोलिका दिनमा पासपोर्ट नविकरणका नाममा कसैले सास्ती खेप्न नपरोस् र सहजै सेवा प्रदान गर्न नेपाल सरकारसँग आग्रह गरे ।

अष्ट्रेलियाको आफु बसोबास गरिरहेको ठाउँबाट नै नेपाली पासपोर्ट नविकरण गर्न पाएकोमा सुवास उप्रेतिले खुशी व्यक्त गर्दै भने–‘मेरो राहदानीको मिति दिनप्रति दिन सकिदै जाँदा मानसिक तनाब भएको थियो । तर, पर्थमा नै घुम्ति शिविर आउने कुरा थाहा पाए । म बस्ने ठाउँबाट नै पासपोर्ट नविकरणको सबै काम गर्न सफल भए । मेरो सबै कार्यसम्पादन निकै छोटो र कम समयमा सफल भयो । मेरो समय र खर्च दुबै बचाइदिनु हुनेलाई धन्यवाद व्यक्त गर्दछु ।’

एनआरएनए डब्लुएले भोलिका लिनमा सहजै पासपोर्ट नविकरणका लागि काम गर्न सरकारसँग आग्रह गरेको छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *