महतो र लामिछानेसँगको छलफलपछि गठन भएको समितिले प्रतिवेदन बुझाएपछि एनआरएनए भित्रको विवाद समाधान हुने आशा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान गर्न सरकारद्धारा गठित आयोगले प्रतिवेदन बुझाएपछि संघ भित्रको विवाद मिल्न सक्ने संकेत देखिएको छ ।

एनआरएनए भित्रको विवाद मिलाउन गत माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

संघको निर्वाचन विवाद, लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले समितिलाई समय दिएको थियो । समितिले अहिलेसम्म प्रतिवेदन भने बुझाएको छैन ।

समितिले ११ औं महाधिवेशनमा भएको विवादका साथै दशौ महाधिवेशनमा याक एण्ड यतीमा भएको अधिवेशनबाट निर्वाचित विनोद कुँवर समूहलाई पनि समेटने गरी प्रतिवेदन बनाउने बुझिएको छ । एनआरएनए एकताको लागि छानबिन समितिले बुझाएको प्रतिवेदनलाई सबै एनआरएनले स्वीकार गर्ने हो भने तिन टुक्रामा विभाजन भएको एनआरएनए एउटै बन्ने आशा पलाएको हो ।

यसअघि एनआरएनए विवाद सुल्झाउन परराष्ट्र मन्त्री एनपी साउदले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने र शेष घलेलाई छलफलका लागि बोलाएका थिए । तर शेष घलेको पूर्वनिर्धारित कार्यक्रम भएकाले उनी उपस्थित हुन सकेनन् ।

जीवा लामिछाने र उपेन्द्र महतोसँगको छलफलपछि मन्त्री साउदले एनआरएनए भित्र देखिएको विवाद समाधानको लागि एउटा छानबिन समिति बनाउने बताएका थिए । सोही बमोजिम नेपाल सरकारको क्याबिनेटले निर्णयगरि एनआरएनए विवाद छानबिन गर्न समिति गठन गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *