गैरआवासिय नेपाली संघ एनआरएनएले आज मधेश प्रदेशलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीसहितको टिमले मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्र सिंहमार्फत जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र नेपाल रेडक्रस सोसाइटी, धनुषाका अध्यक्ष नरेश प्रसाद सिंहलाई उक्त मोवाइल ब्लड बस हस्तान्तरण गरेका हुन ।

संघका अध्यक्ष डा. केसीले प्रत्येक प्रदेशलाई नमुनाका रुपमा विदेशी टेक्नोलोजी प्रदान गरिएको बताउँदै हरेक प्रदेश तथा स्थानीय तहले यस्ता मोबाइल ब्लड बस आफैले व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले एनआरएनएले नमुनाकोरुपमा यस्ता परोपकारी कामहरु अझै गर्दै जाने पनि बताए ।

गैरआवासिय नेपाली संघले गरेको यस किसिमको सहयोगले मधेश प्रदेशका बिरामीहरुको स्वास्थ्य उपचारमा ठुलो सहयोग मिल्ने अपेक्षा लिएको रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष सिंहले बताए । उनले सहयोगका लागि संघप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा रहेको बताए ।

एनआरएनएद्धारा मधेश प्रदेशलाई ‘मोबाइल ब्लड बस’ हस्तान्तरण

संघका उपाध्यक्ष डा.हेमराज शर्माले एनआरएनएले हरेक प्रदेशमा एउटा मोबाइल ब्लड बस हस्तान्तरण गर्ने योजना रहेको बताउँदै अब बाकि रहेका कोशी र लुम्बिनी प्रदेशमा पनि छिट्टै हस्तान्तरण गरिने बताए । यसअघि संघले बुधबार कोशी प्रदेशमा मोबाइल ब्लड बस प्रदान गरेको थियो ।

मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मोबाइल ब्लड बस हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलगायत संघका महिला उपाध्यक्ष रोजिना प्रधान राई, युवा उपाध्यक्ष रोशन थापा, सल्लाहकार टिबी कार्कीलगायत संघका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रतिनिधीहरु तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।