गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्धारा संचालित रक्तसंचार सेवा केन्द्र धरानलाई ७० लाख रुपैया बराबरको ब्लड मोबाइल बस हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष डा.बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई उक्त ब्लड मोबाइल बस हस्तान्तरण गरेका हुन् ।

गैरआवासीय नेपाली संघद्धारा ७० लाख बराबरको ब्लड मोबाइल बस हस्तान्तरण

गैरआवासिय नेपाली संघले गरेको सहयोगले बिरामीहरुको स्वास्थ्य उपचारको लागि ठूलो सहयोग पुग्ने बताउँदै रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष थापाले संघप्रति आभार प्रकट गरे । साथै प्रदेश सरकारबाट पनि सहयोगको अपेक्षा रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष डा.हेमराज शर्माले संघको १ अर्बभन्दा बढी च्यारिटीका प्रोजेक्टहरु रहेको बताए । साथै संघले कोरोना महामारीको समयमा विदेशमा रहेका २ लाख भन्दा बढी नेपालीलाई राहत तथा उद्धार गरेको जानकारी दिए ।

एनआरएनएले हरेक प्रदेशमा एउटा ब्लड मोबाइल बस हस्तान्तरण गर्ने योजना रहेको बताउँदै उनले पहिलो चरणमा कोशी, लुम्बिनी र मधेश प्रदेशमा हस्तान्तरण गर्ने योजना रहेको बताए ।

गैरआवासीय नेपाली संघद्धारा ७० लाख बराबरको ब्लड मोबाइल बस हस्तान्तरण

त्यस्तै संघका महिला उपाध्यक्ष रोजिना प्रधान राईले विभिन्न देशमा छरिएर रहेका गैरआवासिय नेपालीहरुको सानो–सानो सहयोगले देशमा रहेका बिरामी आमाबुवा दाजुभाई तथा दिदिबहिनीलाई ब्लड बसको माध्यमबाट तत्काल रगत संकलन गरि ज्यान बचाउन मद्दत मिलोस् भन्नका लागि सहयोग गरेको बताईन् ।

गैरआवासीय नेपाली संघद्धारा ७० लाख बराबरको ब्लड मोबाइल बस हस्तान्तरण

कार्यक्रममा संघका केन्द्रीय पदाधिकारीहरु, प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधिहरु, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरु तथा सुरक्षा निकायका प्रमुखको विषेश उपस्थिति थियो ।

त्यस्तै प्रतिनिधिसभा पूर्वसांसद मीना सुब्बा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भिम पराजुली, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाईटीका उपमहामन्त्री मनोज कुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइराला लगायतको समेत उपस्थिति थियो ।