भूकम्पपीडित भेट्न रुकुम जाँदै गर्दा एसी शेर्पाले भने–‘नेपाललाई आवश्यकता पर्दा सेवा गर्न तयार छौं’

news-details

गैरआवासीय नेपाली संघका सल्लाहकार तथा अमेरिकाको वासिङटन राज्य सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत एसी शेर्पासहित समुह भूकम्प प्रभावित क्षेत्र रुकुम पुगेको छ ।

एनआरएनएका पुर्व अध्यक्ष शेष घलेसहितको समुहमा रुकुम जाँदै गर्दा शेर्पाले मन छुने भनाई सामाजिक सञ्जालमा राखेर पीडितको सेवामा जुटेका छन् । उनले भनेका छन्–‘ नेपाललाई आवश्यकता पर्दा सेवा गर्न तयार छौं ।’

गत शुक्रवार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति पुगेपछि शेर्पासहितको समुह राहत सामाग्रीसहित प्रभावित क्षेत्र गएको हो ।

उनले भनेका छन्–‘ आफ्नो घर, आफ्ना प्रियजन र सुरक्षाको प्रत्याभूति गुमाएकाहरूलाई सान्त्वना दिन तयार छु । चाहे त्यो चिकित्सा सहायता होस् या अत्यावश्यक सामग्री वितरण होस्, मेरो उद्देश्य रुकुम तथा जाजरकोटका जनताको लागि साथमा हुनु हो ।’

उनले यो मिसनमा आफु एक्लै नभएको पनि बताएका छन् । भूकम्पपीडितको काँधमा काँध मिलाएर उभिन तयार भएका अनगिन्ती व्यक्ति, संस्था र स्वयंसेवकहरू छन् । यो सामूहिक प्रयासले नेपालमा आइपर्ने जुन सुकै चुनौतीको सामना गर्न तयार छ भन्ने प्रष्ट हुन्छ ।

उनले भनेका छन्–‘रुकुम र जाजरकोटका बासिन्दाहरू एक्लै हुनुहुन्न। हामी यहाँ तपाईंको लागि छौं, र हामी सँगै पुनर्निर्माण गर्नेछौं। अप्ठ्यारो परिस्थितिमा पनि नेपाली जनताको बल, लचकता र अदम्य भावनाले विजय हासिल गर्नेछ भन्नेमा मलाई कुनै शंका छैन ।’

विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएमार्फत भुकम्प राहतमा १ करोड बढी उठिसक्दा शेर्पाले तत्काललाई ५ लाख सहयोग गरेका छन् । संघका पूर्व अध्यक्ष डा. घले ५० लाख, बिनोद कुँवर १० लाख प्रदान गरेर राहत अभियान निरन्तर अगाडि बढाइरहँदा शेर्पाले स्थलगत अध्ययन अनुसार सहयोग जुटाउने प्रतिवद्धता जनाएका छन् । सल्लाहकार श्याम तामाङले संयोजन गरेको राहत हस्तान्तरण कार्यक्रममा घले,शेर्पा सरिक भएका हुन् ।

नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका शेर्पाले गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराएर अर्को इतिहाँस बनाएका छन् । यसका साथै सेभेन समिट फाउण्डेशनका अध्यक्ष समेत रहेका शेर्पाले सोलुखुम्बु, सिन्धुपाल्चोक, काठमाडौंलगायत थुप्रै क्षेत्रमा सामाजिक बिकासका काममा योगदान गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *