गैरआवासीय नेपाली संघले जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा गत कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीको नेतृत्वमा छुट्टा छुट्टै समुहले जाजरकोट र रुकुम पश्चिममा स्थानीय सरकारको समन्वयमा राहत वितरण गरेको हो । जाजरकोट राहत वितरणको संयोजन सचिव मनोज गोर्खालीले गरेका थिए ।

अध्यक्ष केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको जनाइएको छ । राहत सामग्री वितरण गर्दै संघका अध्यक्ष केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुख्दा विदेशमा बस्ने नेपालीले गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याएर हस्तान्तरण गरिएको बताए ।

एनआरएनएका अध्यक्ष केसीको समुहले जाजरकोट र महासचिव जोशीको समुहले रुकुम पश्चिममा राहत वितरण

उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयं सेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । रुकुम पश्चिमको राहत वितरणको संयोजन उपमहासचिव प्रविन गुरुङले गरेका थिए ।

एनआरएनएका अध्यक्ष केसीको समुहले जाजरकोट र महासचिव जोशीको समुहले रुकुम पश्चिममा राहत वितरण

संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट ९२०० थान०, ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ । यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो ।

संघका उपमासचिव प्रविन गुरुङले भूकम्पपीडितसम्म पुगेर राहत वितरण गर्दा स्थानीयहरुमा खुशी छाएको र अझै सहयोग आवश्यक रहेको बताए । उनले भने–‘निकै कठिन यात्रा गरेर भुकम्पपीडितसम्म पुगेर राहत वितरण गर्न पाउँदा विश्वभर रहेका नेपालीको प्रतिनिधित्व भएको छ ।’

एनआरएनएका अध्यक्ष केसीको समुहले जाजरकोट र महासचिव जोशीको समुहले रुकुम पश्चिममा राहत वितरण

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो ।

राहत सामाग्री वितरणको संघका अध्यक्ष डा केसी र महासचिव जोशीसहित  महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सीना, अभिमन्यू बस्नेत, धर्मराज गिरीलगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

एनआरएनएका अध्यक्ष केसीको समुहले जाजरकोट र महासचिव जोशीको समुहले रुकुम पश्चिममा राहत वितरण

एनआरएनएका अध्यक्ष केसीको समुहले जाजरकोट र महासचिव जोशीको समुहले रुकुम पश्चिममा राहत वितरण