एनआरएनएको समूह राहत सामग्री बोकेर भुकम्प प्रभावित जाजरकोट जाँदै

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवालाई राहत सामग्री वितरण गर्ने भएको छ।

भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री सहयोग गर्न संघको एक टोली जाजरकोटतर्फ जान थालेको हो ।

संघका अध्यक्ष डा. बद्री केसीसहितको समूह भूकम्प पीडित २५० परिवारलाई राहत सामग्री वितरण गर्न जान लागेको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।

राहत वितरणका लागि संघका अध्यक्ष डा। केसी, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री बोकेर जाजरकोट जान लागेको जनाइएको छ

‘देशलाई दुख्दा हामी पुग्नुपर्छ, सबैले आआफ्नो ठाँउबाट सहयोग गर्नु पर्छ’ उपमहासचिव प्रबिन गुरुङले बताए ।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेसलगायतका सामानहरु खरिद गरेको गुरुङले बताए।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन्।

यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।

यस्तै संघको अर्को समूहका आरके शर्माले पनि भूकम्पमा परेका पीडित परिवालाई राहतका लागि संसारभरका गैरआवासीय नेपालीहरुलाई आब्हान गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *