एनआरएनए सल्लाहकार एसी शेर्पाले लिए सोलुखुम्बुबाट पहिलो गैरआवासीय नेपाली नागरिकता

news-details

हिमाली जिल्ला सोलुखुम्बुले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङका आङ छिङि शेर्पा (एसी) र छेवाङ शेर्पालाई आज बुधबार पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

शेर्पाद्वयलाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले नागरिकता प्रदान गरे । करिब ४० वर्षदेखि अमेरिकाको वासिङटन स्टेटमा बस्दै आएका एसी शेर्पा नेपाल सरकारको अमेरिकास्थित अवैतानिक महावाणिज्य दूत समेत हुन । छेवाङ पनि लामो समयदेखि अमेरिकाको कार्ड होल्डर भएको बताइएको छ ।

यससँगै जिल्लाबाट पनि अब गैरआवासीय नेपाली नागरिक वितरण सुरु भएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।

गैरआवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानूनी व्यवस्था छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *