एनआरएनए मुख्यालयमा युवा संघको ताण्डव, पत्रकारमाथि हातपात र दूव्यर्वहार

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारमा अवस्थित केन्द्रिय कार्यालयमा नेकपा एमाले समर्थित युवा संगठन राष्ट्रिय युवा संघ नेपाल (युथ फोर्स)ले ताण्डव मच्चाएको छ ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा. बद्री के.सी.लाई बधाई ज्ञापन गर्न गएका युथ फोर्सका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेतसँगै गएका युथ फोर्सका कार्यकर्ताहरुले अध्यक्ष केसी बाहिरिए लगत्तै संघको कार्यालयमा संचारकर्मीहरुलाई हातपात गर्नुका साथै होहल्ला मच्चाएका हुन ।

एनआरएनए कार्यालयमा रहेको हलमा रहेका पूर्वमन्त्री बस्नेतसहित युथ फोर्सका करिब ५० भन्दा बढी युवाहरुले एनआरएनए अध्यक्ष केसी बाहिरिए लगत्तै फोटो तथा भिडियो खिचेको भन्दै पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्षसमेत रहेका संचारकर्मी ओम शर्मालाई मुख तथा जिउमा मुक्का प्रहार गरेका थिए ।

करिब ५ मिनेटसम्म चलेको बधाई ज्ञापन कार्यक्रम सकिएपछि हाम्रो कार्यक्रम छ यहाँ फोटो भिडियो खिच्न मनाही छ भन्दै युथ फोर्सका युवाहरुले कार्यालय भित्र तमाशा देखाउदै शर्मामाथि कुटपिट गरेका थिए भने फेसबुक लाइभ गरिरहेका यस रोजगारमञ्च डटकमका संचारकर्मी फणिन्द्र दाहालमाथि पनि दूव्र्यवहार गर्दै मोवाइल फाल्ने, भिडियो डिलेट गर्न लगाउने लगायत गरेका थिए ।

आक्रमनबाट मुख तथा छातिमा चोट लागेका संचारकर्मी शर्माले उक्त आक्रमणको विरुद्धमा प्रहरीमा किटानी जाहेरी दिने तयारी गरेका छन ।

घटना लगत्तै युथ फोर्सका युवाहरु त्यहाँबाट बाहिरिएका छन भने कार्यालय परिसरमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ । संघको कार्यालयमा पार्टी संगठनका युवाहरुले होहल्ला मच्चाएको खवर फैलिएलगत्तै आरके शर्मासहित काठमाडौमा रहेका एनआरएनए पदाधिकारी तथा अभियान्ताहरु अहिले बालुवाटार पुगिरहेका छन ।

विवादकाबीच सम्पन्न संघको ११ औ महाधिवेशनमा डा. बद्री केसी निर्वाचित भएपनि अनलाइन भोटिङ सिस्टममा त्रुटि भएको भन्दै आरके शर्मा र महेश श्रेष्ठ समूहले उक्त नतिजा अस्विकार गर्दै अर्को कार्यसमिति चयन गरेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *