एनआरएनएमा लफडा, निर्वाचन परिणाम अन्योलमा

news-details

गैरआवासीय नेपाली संघमा (एनआरएनए) मत परिणामलाई लिएर विवाद भएको छ । एनआरएनएको ११ औं महाधिबेशनपछि शुक्रवार विहान सार्वजनिक गरेको मत परिणाममा त्रुटी पाइएपछि विवाद भएको हो ।

अनलाइन मार्फत भएको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलको काठमाडौमा आएको मत शुन्य देखिएपछि विवाद शुरु भएको हो । असन्तुष्ट पक्षले शुक्रवार विहान प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलाई भेटेर जानकारी गराउने, मत परिणामलाई स्वीकार नगर्ने र कानूनी उपचार खोज्ने भन्दै बाहिरिएको छ ।

एनआरएनएको महाधिबेशनका सबै कार्यक्रम शुक्रवार समापन हुने भनिएता पनि अन्योलमा परेको छ । एनआरएनएको विवाद आएपछि अनलाइन भोटिङ गर्ने भेरो कम्पनी माथि नै सेटिङ गरेको आरोप असन्तुष्ट पक्षले राखेका छन् ।

यद्यपी पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदमा डा.बद्रि केसी विजयी भएका छन् । डा केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । अध्यक्ष पदकै प्रतिस्पर्धीहरु आरके शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन् भने महेश श्रेष्ठले १ हजार २ सय २५ पाएका छन् ।

निर्वाचनमा विदेशमा रहेकाहरुका लागि अनलाइन तथा काठमाडौंमा प्रत्यक्ष उपस्थित भएर मतदानको व्यवस्था मिलाइएको थियो । काठमाडौंमा करिब ८ सयले मतदान गरेका थिए । जसमा श्रेष्ठ प्यानलबाट उपाध्यक्षका उम्मेदवार डा. पौडेलको मत शून्य देखाए पछि प्रतिस्पर्धीहरुले सिस्टम ह्याक गरेर डा. केसीले आफ्नो पक्षमा परिणाम पारेको आरोप लगाएका छन्।

अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठ र शर्माले धाँधली भएको आरोप लगाउँदै परिणाम स्वीकार गर्ने घोषणा गरेका छन् । पौडेलको शून्य मत देखाए पछि अधिवेशनस्थल सोल्टी होटलमा नाराबाजी समेत भएको थियो ।

निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, राज रेग्मी १९००, डा. विनोद श्रेष्ठ, १५६० रामशरण सिमखडा १५५२ र खगेन्द्र न्यौपाने १३५७ मत ल्याएर विजय भएका छन् । त्यसैगरी, महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भएकी छिन् । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरेकी छिन् ।

यसैगरी, युवा उपाध्यक्षमा रोशन थापाले २४६८ मत प्राप्त गरेर विजयी भएका छन् । सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे । संघको महासचिवमा गौरीराज जोशी २०३७ मत प्राप्त गरेर विजयी भएका छन् । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका थिए ।

उपमहासचिवमा सोम सापकोटा १७९० र प्रविन गुरुङ २१५० विजयी भए । ६ सचिव पदमा मनोज कुमार श्रेष्ठ २०२४, भिम केसी कमल १६७३, डा. ज्ञानेन्द्र रेग्मी १७८२, डा. नवराज रोस्यारा १८५३, पारमणी पोखरेल १६५१ र स्वतन्त्र प्रताप शाह १६६६ विजयी भएका छन्।

त्यसैगरी, महिला सचिवमा टिका गुरुङ, राधिका २३२० विजयी भइन् । सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना २०१५, अभिमन्यू बस्नेत २०८१ र तिलक प्रसाद गैरे २२३२ मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्। उनीकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन्। त्यसैगरी, अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन् ।

यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भएका छन्। सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *