एनआरएनए निर्वाचन : नयाँ नेतृत्वले सम्पूर्ण नेपालीको हितमा काम गर्ने मतदाताको विश्वास

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन जारी छ ।

नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । भने विदेशमा रहेका प्रतिनिधिले नेपाली समय रातिको १२ बजेसम्म अनलाइन भोटिङ गर्ने व्यवस्था गरिएको छ ।

यसैबीच निर्वाचनमा सहभागि मतदाताले, निर्वाचनमा जो निर्वाचित भएपनि समग्र नेपालीको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचनमा सहभागि भएका यूकेका मतदाता दासु पाण्डेले गैरआवासिय अभियानमा विगतमा जुन समस्याहरु देखिएको थियो त्यसलाई समाधान गर्दै साझा एनआरएनए बनाएर अभियानलाई निरन्तर अगाडि बढाउनु पर्ने बताएका छन् ।

‘यसअघिको अभियानलाई महत्व दिनु पर्छ, त्यसपछि देशमै बस्ने नेपालीहरुले गैरआवासिय नेपालीहरुले केही गरिदिए हुन्छ । भन्ने एउटा जुन अभिलाशा छ । त्यो नेपालीहरुको आशालाई मूर्त रुप दिने गरी कार्यक्रमहरु ल्याउनु पर्ने पर्छ ।’

उनले भने ‘गएको अधिवेशनमा एनआरएनए फुट तर्फ, गएको र बहुपदियमा गएर एनआरएनएहरुले पदका लागि मात्रै लड्ने रहेछन् भन्ने खालको कुरा बाहिर गएको छ, यो सूचना गलत हो । अबको नेतृत्वले त्यसलाई हटाउँने र स्वार्थविना काम गर्नुपर्छ ।’

त्यस्तै, कतारका मतदाता क्रान्ति सिंहले, एनआरएन आफ्नो उद्देश्यबाट विचलित हुन नहुने बताए । नयाँ नेतृत्वले विदेशमा रहेका नेपालीको समस्या समाधान गर्ने र नेपाललाई समद्ध गराउने अभियानलाई सफल बनाउनु पर्ने उनको भनाई छ ।

‘विदेशमा रहेका नेपालीहरुको हक हित, अधिकार र उहाँहरुलाई आईपरेको समस्या समाधान गर्ने कुराहरु थियो र यसको साथै देशलाई समृद्ध बनाउँने पनि एउटा उद्देश्य हो । यो संस्थाको उद्देश्य पूरा गर्ने क्षमता भएको उम्मेदवारहरु रहेका छन् । जसले जितेपनि यो उद्देश्यमा आधारित भएर काम गर्ने विश्वास लिएको छु’ उनले भने।

दुबईका मतदाता मञ्जु मल्ललाई नयाँ नेतृत्वले वैदेशिक रोगजारीमा रहेका महिलाहरुको हितमा पनि केही काम गरोस् भन्ने लागेको छ । अहिलेको निर्वाचनमा युवाहरुको लहर देखिएकोले केही न केही नयाँ काम हुनेमा उनी विश्वस्त छन् ।

उनले भनिन् ‘अहिले वैदेशिक रोजगारमा दिदिबहिनीहरुको लागि केही गरिदियोस् भन्ने लागेको छ। अहिलेका उम्मेदवारहरु सबै युवा नै हुनुहुन्छ त्यही कारणले पनि केही नयाँ कामहरु हुन्छ भन्ने आशा गरेको छु ।’

त्यस्तै माल्टाका मतदाता भूवन अर्यालले जसले जितेपनि देश र नागरिकको लागि र देशको अर्थतन्त्रका लागि राम्रो हुन्छ भन्ने विश्वास व्यक्त गरे ।

‘अहिलेको अवस्थामा विभिन्न देशहरुबाट जसरी युवाहरु संलग्न हुनुभएको छ । यसले एनआरएनएमा साच्चिकै पूरानो पीडिलाई हटाएर नयाँ पुस्ताका मानिसले एनआरएनएलाई हाक्न अवसर मिलेको छ जस्तो लाग्छ ।’ उनले भने ‘सबैजना एउटै अभियान र नारा लिएर अगाडि बढ्नु भएको छ । जसले जितेपनि देश र नागरिकको लागि र देशको अर्थतन्त्र, कला क्षेत्रको लागि ठूलो मद्दत गर्छ भन्ने आशा गरेको छु।’

त्यस्तै एनआरएनका अर्का सदस्य दुर्गेश जंग कार्कीले, नेपाली उत्पादन विश्व बजारमा पु¥याउन आवश्यक भूमिका खेलोस भन्ने चाहेको बताए ।

‘हाम्रा उत्पादनहरु विश्वबजारमा पुर्याउने र कसरि सर्वसुलव मार्फत नेपालीहरुका पुर्याउने र नेपाली उत्पादनहरुलाई विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्नको लागि ढुवानी कसरी सरलीकरण गर्ने भन्ने विषयमा कामहरु हुनेछ’ उनले भने ।

काठमाडौंमा नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला उम्मेदवार रविना थापाले उम्मेदवारी फिर्ता लिएर उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन् ।

अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माबीच प्रतिस्पर्धा भएको छ । एनआरएनएको ११औँ महाधिवेशनले अध्यक्ष, १ महिला र युवासहित ८ उपाध्यक्ष, १ महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । ७४ पदका लागि संसारभरबाट १ सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र १ महासचिवका लागि २ जनाबीच प्रतिस्पर्धा हुँदैछ । २ उपमहासचिवमा ५ जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ । अधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *