एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा गरी पाँच जनाले दाबी गरेका छन् ।

आजदेखि हुने सम्मेलन कत्तिक ३ गतेसम्म चल्ने छ ।

नयाँ नेतृत्व चयनको लागि कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । एनआरएनएले यो पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *