एनआरएनए उपाध्यक्षमा गणेश केशीको उम्मेदवारी दर्ता

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा गणेश केशीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादवप्रसाद ढुंगाना तथा सदस्य टिबी कार्कीलाई केशीले उम्मेदवारीको मनोनयन बुझाएका हुन ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै केशीले गैरआवासीय नेपाली अभियानमा लाग्नेहरुबीच भावनात्मक सम्वन्ध स्थापना गर्दै बलियो संस्था निर्माणका लागि आफुले आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताए ।

‘एनआरएन अभियानमा रहेका सबैको सम्बन्धलाई प्रगाढ बनाउँदै संस्थालाई दरिलो बनाउने र विश्वभर छरिएर रहेका सबै नेपालीलाई यस अभियानमा जोडने दृढ संकल्पसहित उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’, केसीले भने –‘मेरो ईच्छा सेवाग्राही भावनाले संस्थामा कार्य गर्न जाने भएकाले मैले हिजो गरेका कार्यलाई हेरेर पनि मलाई सबैले सहयोग गर्नुहुन्छ भन्ने कुरामा आशाबादी छु ।’

सन् २००७ देखि एनआरएन अष्ट्रेलिया कार्यसमिति सदस्य भएर कार्य सम्पादन गर्दै अनुभव बटुलेका केसीले एनएसडब्लु स्टेट संयोजक, एनआरएनए अष्ट्रेलियाको दुई कार्यकाल अध्यक्ष, आईसीसी सदस्य हुदै वर्तमान कार्यसमितिमा उपमहासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन ।

हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमिकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरणसहितको सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *