एनआरएनए उपमहासचिवमा प्रविन गुरुङको उम्मेदवारी दर्ता

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि उपमहासचिवमा प्रविन गुरुङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादवप्रसाद ढुंगाना तथा सदस्य टिबी कार्कीलाई गुरुङले उम्मेदवारीको मनोनयन बुझाएका हुन ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै गुरुङले संघमा आफ्नो लामो अनुभव, प्रतिवद्धता, क्रियाशीलताका कारण अझै पनि थप योगदान गरौं भन्ने भावनाले आगामी कार्यकालको लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएको बताए ।

‘विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भन्ने मुलनारा लिएर उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका गुरुङ गोरखामा जन्मिएर चितवन बस्दै आएर हाल कतारमा सफल ब्यवसायीको पहिचान बनाएका छन् ।

एनआरएनए कतारको सदस्य,उपाध्यक्ष, मध्यपुर्व उपसंयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाएर निर्विरोध निर्वाचित हुन उनी सफल भएका छन् ।

गुरुङले महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्णमा होस् या हावाहुरी, बाढीपहिरोमा स्थलगतरुपमा ६ सय घरधुरीलाई राहत वितरण गर्न अनि कोभिड महामारीमा ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अग्रपंतिमा रहेर काम गरेका छन् ।

नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजादै नेपालकै पहिलो नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगीको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा गरेका तथा नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल सफलतापुर्वक सम्पन्न गरेका गुरुङ युवा पुस्ताका मार्गदर्शक हुन् ।

आरके शर्माको उम्मेदवारी कार्यक्रममा उपमहासचिव पदमा गुरुङको उम्मेदवारी घोषणा

युवा पुस्ता र खेलकुदलाई नेपालमा जोड्नका लागि आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए मार्फत तेकान्दोको मेनेजर तथा नवौं राष्ट्रिय खेलकुदमा थप जिम्मेवारी लिएर एनआरएनएलाई पदक जिताउन सफल गुरुङ आगामी कार्यकालमा पनि उही उर्जाका साथ काम गर्ने प्रतिवद्धता जनाउँछन् ।

सधै फरक र रचनात्मक कार्य गर्न रुचाउने र सामाजिक कार्यमा लागेर तन,मन र धन खर्चिरहेका गुरुङ आगामी कार्यकालका लागि सबैको रोजाईमा परेका छन् ।

एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका गुरुङ सबैको रोजाईमा पर्ने देखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *